Thursday, February 2, 2023
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
Monday, January 30, 2023
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
एउटा समस्या हाे विवाह
घर परिवार लाइ चाँडै भइदियाेस
भनाैँ न समयमै भइ दियाेस भन्ने हुन्छ
छाेरी हौ भने त
जति सक्याे त्यती सजीलाे
खर्च कम्ति हुन्छ
छाेरी काे मन त के हाेर् सिसा हाे
आमा बाउ काे हरेक साेचाइमा
टुक्रिन्छ फक्रिन्छ
फेरि जाेडिन्छ
अनि छाेरी मेराे लागी अन्त यही हाे
सम्हालिन खाेज्छ र बिहे नै उपाय हाे सम्झिन्छ ।
छाेरा हाे भने
के छ र जीवनमा
एक्लाे छाेरो भने तिमी जे भन्छाै
बाउ आमा तिमै गति जति सति हुन्छन
छौरै हौ भने पनि
तिम्रि ले खाेजेकाे जात धर्म हेर्दै हिड्छन
छाेरो काे त धेरै सजिलाे छ अरु हुने लाइ
बाहुन भएर हेरऽ
क्या धमिलाे छ
सँसार छुन लाइ
बिहे त धेरै पर काे कुरा
प्याज लसुन
धिउ पाेल्ने खाने
अहँकार ज्ञान लगाउने आउ बाहुन हरु हाे म पनि बाहुन हाे तिमीलाइ प्याज खादै पुराण पढाउँछु
शुद्ध नभए पनि लसुन खाँदै ज्याेतिष हात हेर्न सिकाउँछु
७ चिरनजिबिहरुकाे हुड्का मच्चाउँछु
गिता काे ज्ञान र पुर्बिय दर्शन देखे पश्चिमि दर्शनकाे घमण्ड सिकाउँछु
छाेटाे कति बेला लाउने
Bahun bhayer pani RAP kati bela gaune
आउ म तिम्राे एकल गुरु हुँ
घमण्ड म सिकाउँछु ।
तिम्राे मुनुस्मृतीकाे अौकात म बल्दा बल्दै बरु मै तिमलाइ मर्न सिकाउँछु ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
Thursday, December 22, 2022
यात्राहरुमा जात्राको रमाइलो बेग्लै हुन्छ
यो यात्राहरु र
जात्राहरुलाइ मैले सुख दुख को सँज्ञा दिन खोजेको हुँ जस्तो लाग्छ।
हँ हँ
लाग्छ
तर म के चाहन्छु भने
तपाइहरु पनि यो सुन्दा वा पढदा
सक्नु हुन्छ भने बिभिन्न आयामहरुमा डुबुल्की मार्नु होला
र
यि शब्द र कुराहरुलाइ सम्झिने प्रयाश गर्नु होला ।
यो मेरो काल्पनिक एक आयाम हो
यथार्थ पनि हो
किनभने मलै लेख्दै छु
बिभिन्न प्रकारका प्रश्न र
घटनाहरुलाइ तोडमरोड गरेर मुर्त रुप बाट
उमेरको अवधि सम्म पुर्याउँदै छु ।
हं हं
भयो मेरा कुरा हरुलाइ छोडौं
यहाँ जात्रा एक
जन्म
मृत्यु
भय
घमन्ड
स्वार्थ
समय
माया
बियाेग
प्रफुल्लता
रमण
जात्रा एक श्रवण
वाह
क्या कथन
जात्रानै
जात्रा
जात्रा मै
जमघट
जमघट
जात्रा
जात्रै भित्र यात्रा
यात्रानै कथन अनि
वाह क्या कथन - जात्रा ।
पक्कै हो
यात्रा गर्दा त्यो आन्नद आँउछ
जसको बयान बिभिन्न ठाँउमा
भिन्न भिन्न तरिकाले गर्न सकिएला
झन त्यो यात्राको सहपाठी
कुनै मनमिल्ने मान्छे हुनुपर्छ
त्यसको मज्जा बेग्लै ।
हँ वाह्
म मेरो मानसपटलमा
त्यो यात्राका तस्विर हरुलाइ
next next गर्दै छू
वाह् यो त क्या दामी तस्वीर
यो पनी दामी ठाँउ है
यही ठाँउको उत्यो होटेलमा मिठो खाजा खाको हो हैनर
वो हो यो पनि दामी
यो त ठिक ठिकै छ
अलि क्यामेराले साँथ दिएन छ
एह् ल् यो मान्छेको नाम कसरी भुलेम हँ
के थियो अरे साँच्ची
एक्लै आफै प्रश्न सोध्दै र आफै उत्तर खोज्दा पनि
एउटा फरक आन्नद आँउछ।
त्यो पनि एक प्रकारको यात्रा जसमा भिन्नै किसिमको कौतुहलता छ ।
अब जात्र भन्ने कि के भन्ने यस्लाइ
कहीलेकाँही लाग्छ
हावा सँगै बगी दिउँ
वादल सँगै उडी दिउँ
तर बिलौना
न म सँग
पखेटा छ
न म सँग
त्यो चाहत
म रहरलाइ मात्रै कति हेरी रहुँ
अब
प्रेम एक अज्ञानतामा
आगो लगाउने
ज्ञान हो ।
प्रेम एक मौनता बाढी ल्याउने
बर्षात हो ।
प्रेम एक भावना हाे
जहाँ भावनाहरुको एक आपसमा
टकरार हुन्छ
र
यदि दुवैले साँथ रहन चाहे भने
मिलन पनी
नत्र
दुवैको तनावले तुफान
ल्याउन सक्छ
असपासका बस्तीहरु
पनि उनीहरुकै भावनामा
समाधी बन्न पुुग्छन ।
कि प्रेमले बनाउँछ
कि प्रेमले बनेकोलाइ भत्काँउछ ।
अधिकतम यस्लाई
सामाजले भत्काउँछ ।
म यस्लाई कसरी ब्याख्या गरौ,
म त नेपालीमा लतारी लतारीदै परीक्षा पास गरेको मान्छे । मलाई शब्दमात्रै थाहा छ ।
म त्यो बितेको समयमा फर्किदै छु
जुन समयमा
म को भन्ने मलाइ थाहा थिएन
म त्यो मेरा रहर र उसका रहर
जिवनमा दुख लुकाइदेउ
तिम्रा पाउँ उफ्रिन थाल्छन
म सोच्ने छु मेरो जिवनमा दुखको
एउटा तिन्को पनि छैन
बस त्यही लुकाएको भरमा
वाह मेरो कल्पना र
वाह मेरो जीवन
कयौं पटक सोच्छु म को हुँ
के म मान्छे हुँ
के म भग्वान हुँ
के म जीवीत हुँ
के म आश्रीत हुँ ।
हिजो आज म
कुण्ठाहरु सँगै
रुँदै छु
मलाइ उसले चिच्याएर भन्छ
सुन्नुस न यतापनि अलिकती भाडभैलो छ
अलिकती सम्झाइदिनुस न ।
यो रातको सुन्यतालाई
मैले चिथोरेर
ज्वालामुखी पछीको पहाड र
चट्टान बनाइ सके
अब म मेरा छोडेर उसकाभावनाहरुको सागर
बिलीन छु
उसकाभावनाहरुको सागरमा डुवेर
रुँदैछु,
म नामको बदनाम
म कामको है
म बुझनै नसक्ने शैतान ।
समयले हामीलाइ खाेजेकै थियाे
आकाश उम्लियाे
झन्नक रन्कियाे
उल्का काे बर्षात
जिवनमा हैन
कुन्डलीमा भयाे
खै कतिवटा ब्रह्मान्ड
कतिवटा सँसार
दिनदिनै सँहार भएहाेलान
कतिवटा राशी कतिवटा
नक्षत्र बर्वाद भएहाेलान ।
Should I make it a past?
I'm not the only one to take it as right and try it as past and make it last.
chill bro, chill
you have chilis to plate
Mark my word earth rotates
and oh yeah I just remembered you have chicken to taste
a little bit but not much give me a bone and take the plate.
and allow tickets
allow tickets.
allow tickets.
एउटा कुकी छुट्टैछ
छुट्टै बनाउनु
न गुलियाे
न पिराे अमीलाे बनाउनु
कस्ताे हाेला त्याे कुकी
बिलकुल खास नै बनाउनु
वाह आहा भन्ने नै हाेला सबले
बवाल नै बनाउनु
त्याे कुकी काे पैसा चैँ
१००० नै बनाउनु ।
खेल हाेला
तर
भावनाहरु कहर
बनेर आँउछन
भावनाहरुलेनै
मलाइ मलिन बनावाेस भन्ने
मेरा रहरहरु छैन
तर
यहाँकाे ताैर तरिका
यहाँका मान्छे काे साेचाइ
भनाइ गराइले मलाइ
बेला बखत
आक्राेसमा आइ राखेकाे हुन्छ ।
म पनि याे
समाजले ताेकेकाे
उपल्लाे उचाइ नाप्न चाहन्छु ।
दुइ जिब्रेहरुकाे जिब्राे
पन्छ्याउन चाहन्छु ।
बाेलीमै सियाे बन्ने हरुलाइ
काेइलाकाे भट्टिमा
जतन गरि पगाल्न चाहन्छु ।
गलत साेचाइ
गलत धारणा
आफै सही र आफै ठुलाे भन्ने हरु लाइ
खड्कुँलाेमा उमाल्न चाहन्छु ।
कालाे खरानी नभए सम्म
त्यही खड्कुँलाेमा सम्हाल्न चाह्नछु ।
म नै जीवन हुँ
म बारबार मर्छु
म बारंम्बार जन्मनछु
म हर बार आफैलाइ
कोसने गर्छु
म हर बार
बिर्सिएर आफैलाइ
खोज्ने गर्छु
म हरेककाखुसी
बोक्ने गर्छु
र हरेक का खुसी
खोस्ने गर्छु
म नै भग्वानहुँ
म नै सैतानहुँ
म राहु केतु
शनीमंगल
नाडी, दोश
अवगुणी कलंक
मनै महानहुँ
म नै जीवनहुँ
मेरो स्वरुपशुन्य छ
देख्न त मलाई
कसैले देखेको छैन
तर पनि
महसुस गर्दा
कालो गोरो, स्वेत
जस्तो भएपनि
म हरेक
कणकण मा छु
हरेक जीवित
सजीव
निर्जिव
मै हुँ
मै हुँ
म जीवन हुँ
मैले नै लेखे
र पो
मृत्यु बोकेर हिँडछु
म नै बहरुपिया हुँ
म नै रचयिता
म नै महान हुँ
म भग्वान हुँ
म शैतान हुँ
खै हामी हुने हाे
भाेली हैन
थाहा पनि छैन
मायाकाे साँथ
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
Sunday, December 11, 2022
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
Saturday, December 3, 2022
मलाइ थाहा भएको प्रेम के हो?
प्रेम एक अज्ञानतामा आगो लगाउन
ज्ञान हो ।
प्रेम एक मौनतामा पनि बाढी ल्याउने
बर्षात हो ।
प्रेम एक भावनाहरुको समुन्द्र हो
जहाँ भावनाहरुको एक आपसमा
टकरार हुन्छ
र
यदि दुवैले साँथ रहन चाहे भने
मिलन पनी
नत्र
दुवैको तनावले तुफान
ल्याउन सक्छ ।
असपासका बस्तीहरु
पनि उनीहरुकै भावनामा
समाधी बन्न पुुग्छन ।
कि प्रेमले बनाउँछ
कि प्रेमले बनेकोलाइ भत्काँउछ
होला प्रेम रहर सबैको तर
अधिकतम यस्लाई
सामाजले भत्काउँछ ।
म यस्लाई कसरी ब्याख्या गरौ
म त नेपालीमा लतारी लतारीदै परीक्षा पास गरेको मान्छे ।
मलाई शब्दमात्रै थाहा छ ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
मौन छु भन्दा भन्दै
तिमीले मलाइ मौनताको अध्यारोमा
पुराएको पत्तै भएन
भन्थ्यौ यो जीवन त एक
पल मात्रै हो
हाम्रो माया त जन्मौँ जन्म हो भनेर
तर अहिले कहाँ
हरायौ खै
मलाइ सोध्न मन लाग्यो
तिमी र मैले खाएका बाँचा कसम
के त्यसतै ब्यर्थ
आँसुका खोलामा बगेका हुन त?
अब असपास बाट गुजरीदा पनी नदेखेजस्तै गर्नू
किन मायाले पनि
मायालाइ छल गर्न भनेकै हुन?
खै
म मौनताको अध्यारोमा छु
लाग्छ
उ त्यो अध्याँरो कोठामा कोइ
लुकेर बसेको छ ।
के ही बेर आँखा झिम्काए भने
पछाडीबाट आएर डराइदिन्छ की भन्ने डर छ ।
खै माया,
रहर,
कसम हरु यस्तै ब्र्यथ हुन्छन भन्ने
थाहा पहिलेनै भाको भए
म जन्मनै लिने थिएन
ब्र्यथमा आमालाइ
मेरो जन्मिनुकाे दुख दिने थिएन ।
खै के भनौ
स्तभ्द छु
मौनतमा पनी
चिच्याई रहेकी छुँ
मनमै
सँगै लाग्दै छ
आकास
मै माथी रौइ रहेको छ ।
खै के भनौ
हामी सानै थियौँ गुच्चा खेल्थ्यौँ
त्यसमा जहिलै मलाइ
तिमी मेरो टिममा भए पुग्थ्यो ।
किन भने
त्यती बेला तिमीलाई
हराउन सक्ने न कोइ केटा थियो न केटी
खुुसी लाग्थ्यो ।
म मौनता लाइ अध्याँरोको सँज्ञा दिदै छुँ
जुन अध्याँरोले मलाइ कहिलै छोडने छैन ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
I'm a poet baby
You don't remember me the way I was
Do you?
No, babu, I do
I will never forget you &
the You and you were before, now and forever...
I'm a writer baby,
You have forgotten the name I'm
I'm so far from home
Now where I belong
Now where I belong
I'm so far from home
Ayyyyy, that's enough
This is the time I get back home,
& I take my throne.
I will be the king again
and I will rule that home..........
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
Friday, December 2, 2022
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
Thursday, December 1, 2022
म लगभग रातभरी ब्युझोनै थिए केहि केस स्टडीहरु हेरी राखेको थिए कुनै बेला टिकटक भने कुनै बेला केही,
केही समय पस्चात निदाउनु पर्छ जस्तो लाग्यो र निदाउन पल्टीए एकछिन फेरी निन्द्रालागेन, एकछिन फेरी मोवाइलमा केही हेरे, साना कविताहरु लेखेर कसैले लेखेका कविताहरु पढदै बसे केही बेर अनि निदाएछु ।
आँ चिम्म गरेको केही समयपछि मलाइ निद्रालागेछ । तर फेरी केही ३० ४० पछि मम्मीले उठेर चिसोभएन त्यो कम्बल पुरै ओडेर पढ भन्नु भयो अनि एकछिन निद्रा खुले जस्तो भयो तर मैले निद्रामै अ हुन्छ भनेर फेरी निदाए ।
अब निन्द्र एकदमै चरममा थियो र ५ र १० मिनको अन्तराल पछि मैले फरक महसुस गरे म कुनै अरको दुनियामा टेलीपोर्टभए जस्तो । हुन त मान्छेहरुको अडकलले त्यो सपनाहो भन्लान तर मैले त्यो भित्र महसुस भएको जस्तो अनुभुती गरी राखेको थिए ।
त्यस्तो अर्कै दुनियामा पुगे जस्तो देखेपछि पहिले दृस्य मेरो घरको आँगन थियो मम्मि हजुर बुबा र हजुर आमालाइ मात्रै त्यो दृस्यमा देखे । अरुकुराहरु त्यो ठाँउको धेरै अवलोकन गर्न पाएन तर त्यो देखे तर उहाँहरुले मलाइ देख्नुभएन ।
मलाइ समयमा धेरै पहिले गएको जस्तो अनुभुति भइराखेको थियो मेरो उमेर म अहिले जुनउमेरमा सुतिराखेको छु त्यही थियो तर म समयमा पछि गइराखेको जस्तोनै थियो किन भने मम्मीलाइ उमेर लागेको जस्तो देखिन र त्यस्तै हजुर बुवा हजुर आमालाइ पनि देखे ।
अहिले र पहिलेको दृस्यलाई फेरी अवलोकन ठटोलेर हेर्ने हो भने घरमा दुइवटा खला छन । पश्चिमेली भाषमा आगन, एउटामा अन्न बाली हरु सुकाउन प्रयोग हुने रहेछ अथवा थियो भने अर्काेमा गाइ वस्तु बाँध्नलाइ । त्यही गाइबस्तुबाँध्ने खलो को चेप र अन्न बाली सुकाउने खलोको चेपबाट निस्किएर एउट मौसमीको रुख थियो ।
ठ्याक्कै दायाँ तिर तल्लो खलोमा जानेबोटोको छेउमा एउटा सेतो ढुङ्गाछ र हो म त्यसको केहि हाइटमाथि हावामा तैरिराखेको थिए ।
मलाइ याद भए सम्म त्यो भित्र छिरेको समय बेलुकाको जस्तो थियो खलामा खासै केहि थिएन ।
मम्मी गोठबाट बाहिर आँउदै हुनु हुदै थियो, हजुरबुवा वायँबाट भित्र जाने ढोका छ र त्यो छेवैमा हलुवादेवको रुख छ त्यो छेवै बाट केहि कुरा समातेर आँदै हुनु हुदै थियो ।
हालको समयमा त्यहाँनेर सानो भ्युडो जस्लाइ मैले र हजुरआमाले खस्नै लागेको भ्युडोलाइ मर्मत गरेर फेरी बनाएका थियौँ तर मैले महसुस गरिरहँदा त्यो थिएन जस्तो लाग्यो ।
र खलोको छेवैमा जहाँ अहिले एउटा अर्को भ्यउडो छ, जुन सेतो ढुङ्गामा अढेसलिएर बसिराखेको छ, त्यो ढुङ्गाको मुनि धेरै बर्ष देखि आगो बाल्ने र खोलानी पकाउने भएर अहिले कालो मोसेले पुरै कालो भइसकेको छ र अनि छेवैमा अम्बाको रुख छ हामि सानो हुदा त्यहाँनेर अम्बाको रुख थिएन र म महसुर गरिराखेको बेला पनि त्यहाँ अम्बाको रुख थिएन । यसको मतलब म त्यो समय भन्दा पहिलेको कुराहरु नियालिराखेको थिए वा देखि राखेको थिए ।
त्यही अम्बाको रुखको छेउको गरामा हजुर आमाले खै के हो बाबियोसमातेर के काम गर्दै हुनुहुन्थ्यो ।
जबम केहि समयभित्रै निन्द्रामा गए मैले यसबै महसुस गरे यो सबै प्रोसेस भइसके पछि । माथिको सबै कुरा भइसके पछि दिव्य दृष्टी पाए जस्तै मैले आफुलाइ भित्र सुतेको जस्तो देखे । त्यहाँ मम्मि र म थियौँ । उतापट्टिको कोठामा हजुर आमा र हजुर बुवा सुत्नु भएको थियो ।
तर मेरो ध्यान ममा केन्द्रित भयो र मैले आफुलाइ निन्द्रामा छटपट्टिराखेको जस्तो देखिराको थिए निन्द्रामा एैठन भए जस्तो । त्यही हुँदा मैले यताको निन्द्रामा पनि एठन परेको जस्तै भयो र फेरि त्यही छु तर फरक आयाममा पुगे जस्तो महसुस भयो र म त्यो हावामा उडेको अवस्थाबाट अब त्यही साँच्चीकैमा सुतेको हो जस्तो अवस्था महसुस गरिराखेको थिए र त्यो ऐठनले मलाइ साँच्चीकै मलाइ पेली राखेको थियो तर मैले आफुमाथि केहि ठुलैनै पावर वा शक्ती अएको जस्तो वा कसैले मलाइ समाते जस्तो वा कसैको आत्माले मलाइ पोजेस गरेजस्तो महसुस गरि राखेको थिए ।
तर फेरी घरी सुते जस्तै महसुस हुन्छ तर फेरी घरी अर्कै मान्छेको आत्मा ले समातेर हावामा उडाउन खोजे जस्तो हुन्छ ।
अब त्यसको पनि केहि हद सम्म सहनसिलता हुँदो रहेछ सायद म यहाँ आजको अवस्थामा सुतेको पनि महसुस गरि राखेको छु । उता पहिलेको अवस्थामा पनि सुतिराखेको महसुस गरि राखेको छु, झन त्यो हावामा उडिराखेको भान अलिअलिकति गरेर याँभइ राखेको छ । त्यो ऐठन म यहाँ अहिले सुतिराखेको अवस्थामा पनि महसुस गर्दै छु र जुन समय पछिको देखिरहेको छु वा महसुस गरिरहेको छु त्यो समयलाइ धेरैनै फरक तरिकाको बनाउँदैछ ।
उग्र ।
तर एउटा बिचार गनुपर्ने कुरा मेले आफलाइ त्यतिसानो भने पाइन केहि हदसम्महोला त र यदि मैलै धेरै समय पहिलेको कुरा देखि राखेको हुन्थे भने म पनि सानो उमेरकै हुन्थे ।
म त्यो समयमा सपनामा हल्ली राखेका छु यता उती ऐठन भए जस्तै एकदमै स्वास फुलीसकेको छ धेरै नै तर मम्मीले मलाइ त्यो भइराखेको देखि राख्नु भइ राखेको हुनुहुन्न भान गरिराखेको हुनुहुन्न । सायद म मात्रै त्यो समयमा प्रबेस गर्न सक्छु र केहि समयलाइ धेख्न सक्छु तर मने बनाएको कल्पनालाइ त्यो समय र अहिलेको समयमा जोडेर फरक दुनियाँ बनाउने वा फरक स्थीति बनाउने प्रयास गर्छु ।
अबम जोर जोर ले आवाज गर्दै छु चिच्यउदै छु कराउँदै छु र सुतेको स्थीतिबाट आफ हावामा उडे जस्तो हुन्छु खस्छु तर फेरी उडेजस्तै हुन्छु । सायद त्योहुँदा दुख्छ र मेरे यहाँ अहिलेको स्तीमासुतेको हुँदा मेरो मुटुको धड्कन एकदमै तेजीले बढछ र त्यहाँ जुन अवस्थामा छु जोरको झट्कालागे जस्तो हुन्छ र अझैजोरले चिच्याएको जस्तो धेरैनै उकुसमुकुस भए जस्तो हुन्छ ।
मम्मि हजुर आमा हजुर बुबालाइ केही थाहानै हुँदैन मलाइ त्यस्तो भइ राखेको छ । अब म एक्कसी हाँमा उडछु भित्रै र त्यबाट उडेर सिधै शिखर तिरको दिशातिर उडेरै तैरिएरै धेरै गतिमा पुग्छु र त्योहुँदा खेरी म घरको भित्तालाइ आत्मा जसरी पार गएर गए ।
एकै छिनको समय थियो त्यो सममा केहि बेरको समयहोला थामिए जस्तो भयो तर यता जुन अहिलेको समयमा सुतिराखेको छु कसैले समाते जस्तो भान भइराखेको छ र कसैको आत्मा मेरो शरिमा पसेर केहि नराम्रो गर्ने खोजीराखेको भान भएर मैले कठिन महसुस गर्दै छु र ऐठनको दबाव बढदै गइ राखेका छ ।
अब त्यो उडेर शिखर तिको दिशामा गएको म एक्कासि फेरी सुतेको अवस्थामा आँउछु र निदाए जस्तो हुन्छु । हजुर आमा र हजुर वुबाले कस्लाइको बोलाउँदै हुनुहुन्छ । मलाइ अब चै मम्मि त्यही हुनु हुन्छ जस्तो महसुस भइराखेको छ तर पनि उहाँहरुले अरुकसैलाइ वा मम्मि सँगै केही भनि राख्नु भइराखेको छ । केहि चिन्ता महसुस भइराखेको जस्तो ।
तर खासै के हो मैले ठम्याउन सकिन ।
अब म त्यो पहिलेको अवस्थामा फेरी त्यस्तै एकदमै प्रचण्ड तेज भएजस्तो बारमाबार हावामा उडन खोज्छु हुन्न एकदमै चाँडो चाँडो यो कुराहरु भइराखेको छ । जस्तै हल्क भन्ने मुभीमा हल्क सेपमा आउने प्रोसेसलाइ एकदमै चाँडो चाँडो देखायो भने कस्तो होला त्यस्तै ।
त्यो धेरै समय सम्म भयो, हजुर बुवा हजुर आमाले खै के भनिराख्नु भएको हो तर भनिनै राख्नु भइ राखेको छ । तर सायद त्यो ममिलाइ हो । मैले के भयो कोहो भने जस्तो आवाज सुने जस्तो महसुस गर्छु ।
तर अव एक्कासी उ मानसिकताले कमजोर भएको देखिन्छ ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
आज एक अर्थ बिहीन जिवनको यात्रामा कयौ बर्ष पछि उस्लाइ मेरो याद आएछ
मलाई लाग्दै छ उस्लाइ मेरो याद पहिला पनि न आएको कहाँ होला तर यसपाली उसले आफ्नो मनलाइ सम्हालेर जोर जबरजस्ती गरेर फोन समातिछे र फोनको डायलप्याडमा मेरो नम्बर डायल गरीछे ।
तर उसको मनमा अझै डर थियो कि मैले उस्लाइ हप्काई दिन्छुकी? हो उसलाई थाहा छ मलाई चाँडै रिस उठछ, म अलि मुडी छुँ तर नराम्रो चै खै हैन होला की? जहाँ सम्म लाग्छ मैले उसको नराम्रो केहि चाहेको थिएन ।
ठ्याक्कै मेरो फोनमा नचिनेको फोनबाट फोन आउनु र मैले फोन हेर्नु सँयोग रहेछ किन भने मैले फोन कहिले पनि उठाँदैन किन कि मेरो फोन जहिले पनि म्युटमा हुन्छ र मेरो फोन मा ५ ६ वटा मिस्कल न आउनजेल सम्म मैले कसैलाइ फोन गरेको अथवा फोन उठाएको रेर्कड छैन ।
तर क्या सँयोग यसपल्ट फोनउठाए, फोन उठाएको केही समय त कोही बोलेन मैले हेलो हेलो भन्दै थिए र म आधि निन्द्रामै थिए मैले सोच्दै थिए फोन काँटि दिउँ तर के ही समय पछि फोनम कुनै केटीको आवाज आयो ।
मैले हेलो भने
उस्ले पनि डराए जसरी हेलो भनी
अरु दूइ शब्द के वोलेकी थिइ
मैले उस्को आवाज चिनी हाले
अरे तिमी भने
अँह म भनी उस्ले म निन्द्रमै थिए
उस्ले भनि कसरी चिन्यौ नम्बर सेभ थियो होला
हैन हैन कहाँ हुनु
मैले भने मैले कसैको नम्बर सेभ राख्दैन यार
बस तिम्रो आवाज नै काफी थियो मैले चिनी हाले ।
हैन होला भन्दै थिइ तर पछी मानी,
अनि मेरो नम्बर सेभ रैछ तिमी सँग भनेर सोधेँ
हैन यो नम्बर त याद थियो
ऐ ऐ होर?
हो भनी उस्ले
अनि अरु के गर्दै छौ त?
केहि हैन यार यस्तै लोकसेवा को तयारी गर्दै छु भनी
ए ए होर केको लागी अधिकृत की बैँक
खै अब त सबै दिन पर्छ क्यारे, घर बाटपनि सारै प्रेसर छ
प्राइभेट जागीर खाइस भने मेरो साम्मुने पनि न आइजारे भन्नुभाको छ रे मम्मीले ।
ए हो र भने मैले ।
म एक छिन त मौन थिए
अनि कति पछी है कुरा भाको पनि, साँथिहरुको त याद पनि आँउदैन है
खै यार अब के भनौ
म फेरी मौन भए
२०१२ पछि २०२० मा है कुरा पनि?
मैले भने अँ हो पक्कै हो २०१२ पछि सिधै २०२० मा है
म त्यसपछि के भन्ने भनेर अकमकीए
उस्को बारेमा के भनौँ उ र म १२ सम्म सँगै पढेको पढ्दा पढ्दै अलिकतीमाया पनि थपीएछ की, खै के भनौ सानै थियो, सानो हुँदा जे गरे पनि सबै रमाइलो लाग्छ, सबै आफ्नै लाग्छ ।
यस बिचमा धेरै कुरा भए, अरुका कुरा हरु टन्नै ग्यौँ, के राम्रो के नराम्रो धेरै कुरा यता उती जागीर सागीर कतीहो कती जहाँ सम्म लाग्छ, १५ २० मिनट त ति कुरा हरु नै भए होला ।
सायद आज ८ बर्ष पछि म सँग कुरा गर्ने जाँगर चलेछ, त्यो भन्दा पहिले उस्ले मलाइ कहिले पनि फोन गरेकी थिइन ।
अनि उस्ले भन्दै थिइ हेर न यार उस्ले त बैँकमा नाम निकाली छे, पढेको पनि थिएन रे खै के हो यार भाग्य भाका हरुको फटाफट नाम निस्कीन्छ, हाम्रो त खै कहिले निस्कीने हो खै ।
मैले भने, होे यार मैले पनि मेरो फुफुबाट थाहापाको थिए, उस्को नाम निस्केछ भनेर उ त मेरो बल्क लीस्टमा छ आजभोली । म अलि ठुलो हुन खोज्दै थिए, तिम्लाइ के थाहा मेरो बल्क लिस्टमा कति जना छन । मेरो त टन्नै छन, कति धेरै हो ।
उस्ले भनि मेरो पनि धेरै थिए तर मेरो पुरानो एकाउन्ट खै के भयो । अनि यो नयाँ हो त्यसबाट तिमीलाइ एड गरेको तर उस्ले एड गरे पनि फेसबुकमा च्यट भन्ने कुरा एकदमै थोरै हुन्थ्यो, बर्षको एक दुइ चोटी ।
अनि उस्ले सोधी तिमीले मलाइ कति चोटी बल्क अनबल्क ग्यौ भनत, किन गरेको त्यो भनन ।
अनि मैले यतिकै भनेर टाल्न खोजे र उस्ले मानी तर उस्ले भनी अब यो नयाँ लाइ चै बल्क नगर है, पिल्ज ।
मैले अँ अ हुन्छ भने ।
अब सोचौँ भने उ मौन भइ होला । सोच्दै थिइ होला ।
मौन छु भन्दा भन्दै
तिमीले मलाइ मौनताको अध्यारोमा
पुराएको पत्तै भएन
भन्थ्यौ यो जीवन त एक
पल मात्रै हो
हाम्रो माया त जन्मौँ जन्म हो भनेर
तर अहिले कहाँ
हरायौ खै
मलाइ सोध्न मन लाग्यो तिमी र मैले खाएका बाँचा कसम के त्यसतै ब्यर्थ आँसुका खोलामा बगेका हुन?
अब असपास बाट गुजरीदा पनी नदेखेजस्तै गर्नू
किन मायाले पनि
मायालाइ छल गर्न भनेकै हुन?
खै
म मौनताको अध्यारोमा छु
लाग्छ
उ त्यो अध्याँरो कोठामा कोइ
लुकेर बसेको छ
के ही बेर आँखा झिम्काए भने
पछाडीबाट आएर डराइदिन्छ की भन्ने डर छ ।
खै माया, रहर, कसम हरु यस्तै ब्र्यथ हुन्छन भन्ने
थाहा पहिलेनै भाको भए
म जन्मनै लिने थिएन
ब्र्यथमा आमालाइ मेरोमायाको दुख दिने थिएन ।
खै के भनौ
स्तभ्द छु
मौनतमा पनी
चिच्याई रहेकी छुँ
मनमै
सँगै लाग्दै छ
आकास मै माथी रौइ रहेको छ ।
खै के भनौ
हामी सानै थियौँ गुच्चा खेल्थ्यौँ
त्यसमा जहिलै मलाइ तिमी मेरो टिममा भए पुग्थ्यो ।
किन भने
त्यती बेला तिमीलाई
हराउन सक्ने न कोइ केटा थियो न केटी
खुुसी लाग्थ्यो ।
म मौनता लाइ अध्याँरोको सँज्ञा दिदै छुँ
जुन अध्याँरोले मलाइ कहिलै छोडने छैन
यो मैले उस्लाइ सम्झेर लख्दै छुँ उस्को अवस्था यस्तै त छैन अहिले मलाइ जहाँ सम्म थाहा छ तर यो अवस्थामा एक चोटी पुगी की भन्ने बिश्वास छ ।
आज म कुन परिधी भित्र गुम्सीएर पुराना कुराहरु उखेल्दै छु । म किन आगोमा ध्यु छर्किने प्रयास गर्दै छुँ? जिवन माया यस्तै हो भन्ने थाहा हुँदा हुँदै पनी किन मैले यो अर्थ बिहीन जिवनलाइ फेरी जिउँदो बनाउने प्रयाश गर्दै छु ।
यि प्रश्नहरु मैले आफैलाइ किन सोधिराखेको छु पनि मलाइ थाहा छैन ।
बस आज मैले उमेर लाइ गाँठबाधेर पछाडी फर्किने प्रयास गरे तर त्यो संम्भव रहेन छ । उमेर लाइ जीत्नको लागी मृत्युको पोको हाम्रो लागी बाँधीएको रहेछ । हो पक्कै हो, तपाइ मान्नुस या नमान्नुस उमेर जतीसुकै भएपनी मृत्युचैँ सबैको टाउकोमा लेखीएको रहेछ ।
आज यो उमेरको कुरा गरेर, म आफैलाइ याद दिलाउन चाहन्छु की मैले उस्को बारेमा के सोच्थे ।
बस मैले उमेरको गाँठो बाँध्न खोजीराखेको थियो उस्का यादहरुलाइ छिचोल्न । तर संभवनै भएन ।
भनिन्छ मनमा रहेको कुरालाइ मनलेमात्रै याद दिलाउन सक्नु हुन्छ नाकी जवरजस्ती । वस मैले उसको नाम मनमा लिए र मलाइ उस्का सबै यादहरुले खोलामा बगाए जस्तो लाग्यो ।
जब म यादहरुको बहाव बाट निस्कीएर बाहीर किनारमा आए मलाइ उस्को र मेरो पहिलो भेट कहीले भएको थियो भन्नेकुरा याद आयो ।
मेरो र उस्को भेट ९ कक्षामा भएको हो की जस्तो लाग्छ तर तेती बेला मलाइ त्यस्तो केही महसुस भएको थिएन । बिचमा एक बर्ष उस्ले कुनै कारणबस स्कुल फेर्नु परेको रहेछ र त्यो १ बर्षको समय किन गइ उ कतागइ उ भन्ने कुराहरु मै कट्यो । तर मलाइ लागेको थिएन उस्ले फेरी फरर्केर त्यही स्कुलमा आँउछे भनेर । र म उस्को आसमा पनी बसेको थिएन । जब पनी उस्को याद आयो उस्कै साँथीको कारण आयो, जो एकदमै मिजासीलो स्वभावकी थिइन । कहिलेकाँही कुुरा र्गथिनत उस्कौ कुरा र्गथिन ।
जेहोस रमाइलो लाग्थ्यो साँथिहरु सँग बसेर यस्ता गफहरु गर्न, मन लाग्थ्यो । मैले कैले काँही सोच्ने गर्छु मैले गुमाएत के गुमाए ।
१। साँथी
२। प्रेम
मैले एकनम्बरमा साँथीहरु राख्नुको कारण केहो भने मैले साँथी बनाउँदा एकदमै सोचेर बनाउथे । जो पायो त्यसलाइ साँथी बनाउने मेरो बानी थिएन र मेरै काणले अहिले तिँसाँथी हरु सँग मेरो सम्पर्क पनी छैन ।
दोस्रोमा प्रेम राख्नुको कारण उ पहिला मेरो साँथि हो त्यसपछी मात्रै अलिकती भिन्नै सोच दुवैमा जाग्यो र प्रेमको सँज्ञा दिन पुगे ।
अब मैले भन्छु मैले के पाँए
१। याद
अब जेपनी बाँकी रहन्छ जीवनमा त्यो सबै यादहरु हरु हो र यि यादहरुले कहीले पनि साँथ छोडने छैन । धन सम्पती, साथी सँगी सबैले छोडेर जालान तर यादहरुले अँह ।
तपाइलाइ जिवनको सुरुवात याद नहोला तर अन्त आँउदै छ भन्ने पक्कै याद आउने छ, तपाइलाइ जन्मदाको पिडा याद नहोला तर मृत्यु हुँदाको पिडाले केही समय भए पनी तपाइलाइ धेरै कुराको याद दिलाउने छ ।
त्यस्तै आज म पनी उस्को यादहरुमा बगेको छुँकी जस्तो लाग्छ । हो मलाइ उस्को याद कयौँ बर्ष पछि यसरी आयोकी मैले आज केही लेख्ने प्रयास गर्दै छुँ ।
हाम्रो भेट फेरी कक्षा ११ मा भयो, मलाइ तेतीबेला सम्मपनी उस्को बारेमा तेस्तो केही पनी महसुस भएको थिएन ।
तर जे जस्तो भए पनी उ अरुभन्दा एकदमै फरक थिइ, थोरै बोल्थी, उस्को एउटामात्रै साँथी थिइ र जहिले पनी उ सँगै हुन्थी । कलेज आउँदा होस या घर जाँदा होस साथी सँगै आँउथी र जान्थी ।
उस्को रुप रँगको कुरा के गरौँ उ मेरो लागी अरुभन्दा एकदमै फरक थिइ, गोलो लाम्चो मुुहार, चिटिक्क परेकी, पढाइमा पनी त्यसतै अब्बल । त्यस्तो केटीहरुको हाम्रो स्कुलमा खाँचो थियो ।
अनि मलाइ याद भए सम्म केटीहरु उस्को सुन्दरता भन्दा उस्को लामो कपाल देखेर डाहा गर्थे । मलाइ पनि उस्को सबैभन्दा राम्रो लाग्ने कुरा उसको एकदमै लामो कपाल थियो । किनकी त्यो लामो कपालमा उ झनै सुन्दर देखिन्थी ।
तर मैले उस्को मुहारमा हाँसो एकदमै कम देख्थे, धेरै बोल्न पनी न खोज्ने, शान्त स्वभावकी उ कहीले काही त एकल काटे जस्तो लाग्थी तर हैन त्यो मेरो भ्रम पछी दुर भयो ।
मलाइ कहिले काँही आफैलाइ प्रश्न सोध्न मन लाग्छ, यो हाम्रो कथा किन आधीमै सकियो यस्ले किन एक जिवीत प्रेमको रुप लिन सकेन, के कुराको कमी भयो यो मलाइ बुझ्न अझैँ समय लाग्छ की जस्तो मैले महसुस गर्छु ।
तर जहाँ सम्ममैले सुनेको छु केटीहरुले सानो उमेर देखी नै धेरै कुरा बुझ्न थाल्छन । मलाइ यो प्रश्न उस्लाइ गर्नु छ । के कुराले यो प्रेमले जिवीत रुप लिन सकेन, उस्लेत पक्कै बुझेकी होला ।
तर म उस्लाईनै यो प्रश्नको भार एक्लैबोक्न दिन चाहन्न, मलाइ जहाँसम्म लाग्छ हाम्रो उमेरको खेल यसमा पक्कै छ ।
मैले कुनै दिन एकान्तमा बसेर उमेर सँग बहस गर्न पाए भने सबै भन्दा पहिला आफैलाइ दुइ थप्पड हान्थे र म उस्लाइ भन्थे म पागलहुँ जो तँ सँग बहस गर्न आँउदै छु ।
बस मैले आफैलाइ दोष दिन चाहन्छु, आफ्नो अपरिपक्कतालाइ दोष दिन चाहन्छु तर यति भन्दा भन्दै म मेरा भावनाहरुलाइ कुनै दोष दिन चाहन्न किन की मैले उस्को नराम्रो कहिले पनि चाहिन र तिँभावनाहरु झुटापनी थिएनन ।
बस यो हुनु त हाम्रो जिवनमा लेखीएको रहेछकी जस्तो लाग्छ । उ कक्षा ९ पछी गायव हुनु, फेरी त्यही स्कुलमा आउनु र हामी नजीकिनु । यो सबै समय र हाम्रो मिलेमतो को प्रतिफलहो जस्तो लाग्छ ।
यदि मलाइ र उस्लाइ भविष्यमा यस्तो हुन्छ भन्ने थाहा भएको भए म र उ यो भुमरीमा पर्ने नै थिएनौँ जस्तो लाग्छ । भनिन्छ समयको अगाडी कस्को के नै लाग्छ र? त्यो सतप्रतिशत हो, नत मैले नै केही गर्न सके, नत उस्ले ।
अब म कसरी भनौँ कि यो त सब केही क्षणको लागी थियो, उस्को सुन्दरताले म सम्मोहित भएको थिए तर यदि मैैले यो सोच्दै छुँ भने म गलत हुँ जस्तो लाग्छ किनकी सुन्दरताले हुन्थ्यो भने पहिलो भेटमै उ प्रति केही आर्कर्षण हुनु पर्ने हो । तर त्यस्तो मलाइ केही पनी भएन ।
अब केही समय बितिसकेको थियो बल्ल १ २ महिना पछि त हामी अलि राम्ररी हाइ हेलो हुन थालेको थियो जेहोस अबचै हाइ हेलो हुँदा खुसी लाग्थ्यो । हामी कहिलेकाइ गृहकार्याको बारेमाचँै कुराकानी गर्थयौँ । किनकी उ पढाइमा एकदमै राम्री थिई ।
जसरी मैले भने नी मलाइ उस्को सबैभन्दा मनपर्ने उस्को लामो कपाल हो, लामो कपालमा चुल्ठो बाटोस या खुला राखोस उस्लाइ दुवै राम्रो सुहाँउथ्यो । दोस्रो कुराचँै उस्को लेखन थियो । क्या चिटीक्क परेको शुद्ध र सफा लेख्थी उस्ले । त्यसैले कहिले काँही गृहकार्य गरेकै भए पनी उस्को कापी मागेर लेखेजस्तो गर्नचैँ सारै रमाइलो लाग्थ्यो ।
अनि कहिलेकाँही अरुले कापी माग्दा उस्ले दिन न खोजे जस्तो गर्थि तर मैले ठ्याक्कै मलाइ देउन भनेपछी उस्ले सिधै दिन्थी, मलाइ झन खुसी हुन्थ्यो ।
त्यतीबेला सानो सानो कुराले पनि धेरै खुसी दिन्थ्यो । हामीले त्यतीबेला आमाबुवाको कुराहरु हरु बुझ्दैनौ किनकी हाम्रो खुसीहरु तेतीबेला बच्पनमै हुन्छन, त्यती परिपक्क हुँदैनन र धेर थोर जे भएपनी हामी त्यसमै रमाउँछौ । हामीलाइ आमाबुवाको कुुराहरुको महत्व त्यतीबेला थाहा हुन्छ जतिबेला हामी अलि परिपक्क हुन्छौँ र केही जिम्मेवारीहरु आफ्नो काँधमा लिन थाल्छौँ ।
अनि हामीलाइ अझै नजिकीन हेमन्त ऋतुले धेरै सहयोग पु्याएको थियो । किनकी बिहानको कक्षाहरु हेमन्त ऋतुमा धेरै चिसो हुन्थ्यो । हेमन्तको आगमनमा मेरोमन उफ्रीएर आउँथ्यो किनकी कक्षाकोठामा सँगै नबस्न पाए पनी घाममा सञ्चालन हुने कक्षाहरुमा त उसँगै बस्न पाइएला भन्ने रहर हुन्थ्यो । बस मैले सक्दो प्रयाश गर्थे उसँगै बस्ने ।
मैले भने भने म नै अच्चम पर्ने छुँ तर यो बाहेक हामी हरु बिच अरुकुरा हरु केही पनी हुन्थेन । बस स्कुल आयो, पढ्यो खेल्यो र गयो । त्यस्तो अरुको जस्तो लामो समय सम्म कुराहुनु भनेको त खै के हो थाहै थिएन ।
हाम्रो प्रेम एक फरक समाधी थियो, जुन पछी समाधीमै परिणत भयो ।
हामि बिस्तारै बिस्तारै नजिकीदै गयौँ, मेरो ३ ४ जाना साँथी हरुलाइ थाहा थियो उस्को र मेरो बिच केही चलिराखेको छ । अरुहरुलाइ पनि थाहा होला तर म अरुहरुको कुरा यहाँ बयान गर्न चाहन्न ।
मलाइ अझैसम्म याद छ उस्लाइ एक दुई जना अरुले पनी मन पराउँथे । एउटा साँथिले उस्को नम्बरखै कताबाट पाएछ र उस्लाइ फोन गरी जिस्काइदिएछ र भनेछ तिम्रो नम्बर मैले उस्बाट पाएको हो र म तिमीलाइ मन पराउँछु ।
दोस्रो दिन स्कुलमा त्यो कुराले ठुलै रुप लिएको थियो । मलाइ याद छ त्यो केटालाइ सरहरुले हप्काउनु पनि भएको थियो ।
त्यो केटाले उस्लाइ त्यस्तो भन्दा मसँग रिसाउन स्वभावीक हो तर मैले त्यो केटालाइ उस्कोे नम्बर कदापीदिएको थिइन । मलाइ अहिले सम्म त्यो पनि थाहा छैन की उस्ले कसरी उस्को नम्बर थाहा पायो र उस्ले किन मैले उस्लाइ उस्को नम्बर दिएको हो भनेर भन्यो ।
मलाइ साह्रै रिस पनी उठेको थियो त्यो केटा देखेर । झगडा गर्ने मन थियो तर मैले यति सम्झेकी आफै भएर कहिले पनी झगडा गरेको छैन । हो मलाइ रिस उठ्छ तर मैले त्यसतो गलत कदम कहिले पनी चालेको छैन ।
खै मैले त्यो गर्नु राम्रो थियो कि नराम्रो मलाइ त्यसको पनी अत्तो पत्तो छैन ।
तर मैले उसँग भनाभनचैँ जरुर गरेको थिए । त्यसपछी देखी मेरो साथिहरु बनाउने क्राइटेरीया झन फेरीएको थियो । मैले त्यो केटा सँग बोल्नै छोडी दिए, उस्को साँथिहरु सँग पनि बोल्नै छोडी दिए ।
मलाइ थाहा भएको प्रेम के हो?
प्रेम एक अज्ञानतामा आगो लगाउन
ज्ञान हो ।
प्रेम एक मौनता बाढी ल्याउने
बर्षात हो ।
प्रेम एक भावनाहरुको समुन्द्रहो
जहाँ भावनाहरुको एक आपसमा
टकरार हुन्छ
र
यदि दुवैले साँथ रहन चाहे भने
मिलन पनी
नत्र
दुवैको तनावले तुफान
ल्याउन सक्छ
असपासका बस्तीहरु
पनि उनीहरुकै भावनामा
समाधी बन्न पुुग्छन ।
कि प्रेमले बनाउँछ
कि प्रेमले बनेकोलाइ भत्काँउछ
होला प्रेम रहर सबैको तर
अधिकतम यस्लाई
सामाजले भत्काउँछ ।
म यस्लाई कसरी ब्याख्या गरौ, म त नेपालीमा लतारी लतारीदै परीक्षा पास गरेको मान्छे । मलाई शब्दमात्रै थाहा छ, शब्दहरुको अर्थ सोध्ने प्रयास कसैले नगरी दिनुभयोभने म आभारी हुने छुँ ।
माफ
याे कथाऽ कल्पनिक आधारमा बनेकाे कथा हाे कसैकाे जीवन सँग मेल खान गएमा त्यसकाे लागी माफ गर्नु हाेला ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
जीवनमा यात्रा र यात्राहरुमा जात्राको रमाइलो बेग्लै हुन्छ । यो यात्राहरु र जात्राहरुलाइ मैलेसुख दुख को सँज्ञा दिन खोजेको हुँजस्तो लाग्छ।
हँ हँ
लाग्छ
तर म के चाहन्छु भने तपाइहरु पनि यो सुन्दा वा पढदा सक्नु हुन्छभने बिभिन्न आयामहरुमा डुबुल्की मार्नु होला र यि शब्द र कुराहरुलाइ सम्झिने प्रयाश गर्नु होला ।
यो मेरो काल्पनिक एक आयाम हो
यथार्थ हो किनभने मलै लेख्दै छु
यहाँ धेरै काल्पनिक कुराहरु छन किन भने बिभिन्न प्रकारका प्रश्न घटनाहरुलाइ मैले तोरमरोड गरेर मुर्त रुप बाट उमेरको अवधि सम्म पुर्याउँदै छु ।
हं हं
भयो मेरा कुरा हरुलाइ छोडौं
तर यहाँ के कुरालाइ जात्रा भन्नेरु
जन्मरु
जीवनमा हुनेगरेका बिभिन्न कर्महरुरु
मान्छेले गर्ने बिभिन्न प्रकारका कामहरुरु
जस्ले सुख दुख निम्त्याउँछ
मान्छेहरुको अनावश्यक आकर्षणरु
बिभिन्न सपनाहरुको सम्मिश्रणरु
उमेरको गतिरु
या त्यो मान्छे को भिडरु
यि सबै जे जस्ता भए पनि यात्रामा जात्राहरुको रमाइलो बेग्लै हुन्छ नत्र यो जीवन जीवन हो भन्ने पनि महसुस पाउन गाह्रो हुन्छ कि जस्तो लाग्छरु
पक्कै हो
यात्रा गर्दा त्यो आन्नद आँउछ
जसको बयान बिभिन्न ठाँउमा
भिन्न भिन्न तरिकाले गर्न सकिएला
झन त्यो यात्राको सहपाठी
कुनै मनमिल्ने मान्छे हुनुपर्छ
त्यसको मज्जा१
हँ वाह्
म मेरो मानसपटलमा त्यो यात्राका तस्विर हरुलाइ
next next गर्दै छू
वाह् यो त क्या दामी तस्वीर
यो पनी दामी ठाँउ यही ठाँउको उत्यो होटेलमा त्यस्तो मिठो खाजा खाको हो हैनररु
वोहो यो पनि दामी
यो त ठिक ठिकै छ अलि क्यामेराले साँथ दिएन छ
एह् ल् यो मान्छेको नाम कसरी भुलेमरु
के थियो अरे साँच्चीरु
एक्लै आफै प्रश्न सोध्दै र आफै उत्तर खोज्दा पनि
एउटा फरक प्रभाव र आन्नद आँउछ। त्यो पनि एक प्रकारको यात्रा जसमा भिन्नै किसिमको कौतुहलता छ । अब यसलाइ जात्र भन्ने कि न भन्नेरु
हँ हँ हँ
यहाँ सम्म पुग्नु भएछ धेरै खुसी लाग्यो । कुनै फरक आयाममा भएका व्यक्तीहरुले मलाइ पगलैठ भन्नुहुने छ ।बहुलाएछ यो भन्ने छन ।
अब यो पगलैठ पनलाइ एक आयाम बनाएर फरक यात्रामा निस्किउँ हुन्न ररु
सुर्यका किरणहरुलाइ
नियाल्दै
यहाँ म जिवन बुझ्दैछु
बिना सुर्यको किरणहरु
यो धर्तिको केही अस्तित्व छैन
त्यसरी धर्तिनै नरहे हाम्रो केरु
जीवनका ज्वालामुखीहरुमा
पानि छर्किदिउँ आज
के हो
तनाव बेचैनी
कौतुहलता बैराग्य चिन्तन यो सब
के हो
मायामा उस्लाइ नपाउँदा
मेरो अस्तित्व
घनघोर जँगलभित्र
घायल बाघझैँ
आहारा र जीवन
दुबैको भिख मागि राखेको थियो ।
मैले अघीनै भनि सक्या छू यहाँ हरेक मानिसको बुझ्ने सैली फरक छ । यहाँ लेखिएका कुराहरुलाइ तपाइहरुका फरक फरक आयामहरुमा गएर बुझ्नुसअब ति कस्ता आयामहरु भनेर तपाइहरुको सोच्ने तरीकाले तपाइहरुलाइ बताइहाल्नेछ ।
यहाँ म उग्र ब्यग्र रुपमा
जीवनका पडावहरुलाइ अवलोकल गर्दै छु
म त्यो बितेको समयमा फर्किदै छु
जुन समयमा
म को भन्ने मलाइ थाहानै हुँदैनथ्यो
म थिए है भन्ने पनि मलाइ थाहा छैन
म त्यो मेरा रहर उसका र
उसका रहर मेरा भन्ने भावनामा
बिलिन भैसकेको थिए
जिवनमा दुख लुकाइदेउ
तिम्रा तिध्राहरु उफ्रिन थाल्छन
म सोच्ने छु मेरो जिवनमा दुखको
एउटा तिन्को पनि छैन
बस त्यही लुकाएको भरमा
वाह मेरो कल्पना
र
वाह मेरो जीवन
कयौं पटक सोच्छु म को हुँ
के म मान्छे हुँरु
के म भग्वान हुँरु
के म जीवीत हुँरु
के म आश्रीत हुँरु
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
मेरो आजको उमेरलाई ख्याल गरेर हेर्दा म एक व्यस्क, आफ्नो पोरख पेलेर खान सक्ने आदीम भै सके, दाँतहरु पनी झर्न सम्म झरीसके तर पनी मैले यात्रा के हो भनेर अझै ठम्याउन सकेको छैन ।
जीवन के हो? बुझ्न सकेको छैन
कहीलेकाँही लाग्छ
हावा सँगै बगी दिउँ
वादल सँगै उडी दिउँ
तर बिलौना
न म सँग
पखेटा छ
न म सँग
त्यो चाहत
म रहरलाइ मात्रै कति हेरी रहुँ, को कस्को कुरालाई सुनी रहूँ, कस्को कुराको अमल गरुँ?
त्यही रहरहरु सपनाहरु कै कुराहरु गरीरहँदा, घर परिवारले म बाट के कति आँसाहरु सजाएका होलान्,
म लाई, आफैलाई प्रश्न गर्नु छ, के मैले त्यो सबैकुराहरु पुरा गर्न सक्छु त?
के मैले त्यो सबै बुझ्न सक्छुँ त?
कहीले काँही छेक छाक मिलाएर घरतीर जाँदा भन्नु हुन्छ, बाबु अब त बिहेको उमेर पनि भै सक्यो, के छ चहलपहल, कि अब आउने मंसिरमा बाँजा घन्काउनु प¥यो, कि बैशाख ।
पछि फेरी उमेर पनि बढदै जाने हो हेर, जे कुरा पनि समयमै गरेको बेस, अझै, उ मल्ला घरे दिदिको हालत हेर पढ्छु भनेर ३५ बर्ष सम्म बराली रही, ३५ पछि बे हुन त भयो तर, परिवार सुखि हुनचैँ सकेन ।
बुझीस,
बुझीस, नि हाम्रो भन्या?
यो त यस्ताकुराहरु को सुरुवात मात्रै हो, उहाँ हरुका इच्छा चाहानाहरु केही हद सम्म अडिग त रहन्छन, जो मैले भनु अथवा हामीले पुरा गर्नै पर्छ, तर आफ्ना भने, पल पल हर एक पलमा नयाँ नयाँ लुगा फेरीए झैँ फेरीइन्छन र बदली रहन्छन ।
म सोच्छुँ यस्तै हो भने कसरी सम्हालीएला जीवन, म घोत्लीन्छु, यस्तै हो भने कसरी अगाडी बढ्ला जीवन । चारै तिरबाट यस्तै कुराहरुले घेरी रहँदा म एक छिन त पागल झैँ हुन्छु, फेरी सोच्छु अब त कसैलाई सुइको नै नदिइ, घरबाटै निस्की दिउँ, कुनै जँगलमै भए पनि एक रात त बसी दिउँ ।
म त्यसरी अचानक घरबाट निस्कदा, परिवारमा केही तनाव त अवश्यनै हुन्छ, मैले त्यो बुझ्न सक्छु तर मेरो मनको यो तनावलाई हटाउन मलाई यही कुराको आवश्यकता छ जस्तो लाग्छ ।
किन हो, किन यस्तै अवस्थामा लाग्छ, मानवता त अवश्य होलानी हामी मानवहरुमा । म त्यसरी निस्कीएर बराली रहाँदा, भोकले पेट चिमोटी रहँदा, ए बावु आउ ल एक गास भएपनि हाँम्रै थालबाट खाउ कोही त भन्लानी?
तर खै, त्यो मेरो, घरबाट कसैलाई सुँइको नै नदिइ निस्कने इच्छा शक्ती किन एकै छिनमा हराँउछ थाहाँ छैन । बिजुली चम्कीएझैं आँउछ र एकै छिनमा हराइ भाग्छ, त्यसैले मैले मानवता छ की छैन भन्ने कुरा पनि ठम्याउन सकेको छैन र मैले त्यसतो अवस्थाको मिठास पनि लिएको छैन
तर मलाई त्यसरी निस्कने इच्छा बारम्बार नआएको चैँ हैन, धेरै पटक आयो । जहाँ सम्मलाग्छ, त्यो इच्छा शक्ती बारम्बार भाग्नुको कारणचैँ परिवानै हो, उहाँ हरुले मेरोलागी देखेका सपना र उहाँहरुको म प्रतिको दृढ बिश्वास, त्यसैले मलाई बारम्बार त्यो हचुवाको कदम लिनबाट रोक्तछ ।
कि के कस्तो हो?
तपाईहरुलाई के लाग्छ?
आँखिर परिवारले देखेका तिँ सपनाहरुलाई पुरा गर्न तिँ कदमहरु नचलेका हुन?
कि परीवारको डरले?
अथवा
कि हिम्मतको कमिले?
के हो जस्तो लाग्छ?
तपाई हरु पनि आफुलाई यस्तै अवस्थामा राखेर सोच्नुहोस र आफ्नो क्षमताको आँकलन गर्नुहोस ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
मन र दिमागले मलाइ बिहान देखिनै सताइ राखेको थियो । अहो यो मन कस्तोभारी केही ठुलौ ढुङ्गालेनै च्यापे जस्तो यो सब रहरले हैन तर मेरै मनले मलाइ छ्यास छुस फ्यास फुस दिमाग खराब ह्या छ्या यो के हो हैट
टाउकोमा हात राखेर यो के हुँदै छ मलाइ हँ फु फुु फु फु हु हु हु हु हु भयो हावा
निस्किन्छु एकछिन भएनी ।
यति भनेपछि म सिधै कोठामा लगाउने चपल्ल लगाएर बाहिर निस्किए बाहिर मज्जाले घाम लागि राखेको थियो आँखामा प¥यो हातले अलिकति छोपने प्रयास गरे झोकमा अलि पर् सम्म गए एकछिन तयहीँ सडकको छेउ किनारामा उभिए लगभग ५ मिनट जती त्यो ५ मिनट खै केके सोचेँ थाहै भएन एकै छिनमा हिजो त्याँ पसल छेउमा पुलिसको गाडी देखेको याद आयो त्यतीवेला मा पसलमा कपडाधुने सावुल लिनको लागी गएको थिय त्यही पसलको आण्टीले भन्नुभएको थियो भाइ उत्यो घरमा चोरी भएछनि १ हप्ता अगाडी तर थाहाचै आज पाईयो । अब त त्यो चोर र त्यो सुन कता पुग्यो होला खै? मैले ए होर भनेर एकछिन त्यो घरलाइ निकै बेर सम्म हेरे अनि मौन भए ।
बस मलाइ त्यहीकुरा याद आयो गोजी छामे साँचो मोवाइल भेटिन, खुट्टामा कोठामा लगाउने चपल्लछ, एकै छिनमा दिमागमा खेलिराखेका कुराहरु सबैकुरा परिवर्तन भयो अनि म सिधै रुम तिर भाँगे ।
अब कोठामा पुगेपछि फेरी दिमाग खराब भयो
मानव रुपी जीवन लिएर जन्मिएपछी हामी धेरै कुरा को इच्छा राख्छौ धेरै कुरा को हामीलाइ आवश्यकता पर्छ, जन्मियौँ नामको आवश्यकता प¥यो, उमेर बढदै गयो हामीलाइ ज्ञानको आवश्यकता प¥यो, परिपक्क हुँदै गयौँ माया प्रेम कसैको साँथ कसैको विश्वास कसैको आभास । यो सबै थातिनै छ यस्ता कयौँ कुराहरु छन जसको हामिलाइ आवश्यकता प¥यो मान्छे, नै पिच्छे धेरै कुराहरु फरक फरक हुँदैजालान तर केही न केही त कसै न सँग अवश्यनै मेल खाला, केही पनि मेलै खाएन भने तपाईले के जीवन देख्नु भयो?
जीवनको आसमा
जीवन खास भयो
मैले कसैको जीवन खोसेको
बल्ल जीवनको आभाष भयो
अहिलेको दौडधुप हेर्नुहोस त मान्छे को आफ्नोभनेको पैँसा, मान्छेको मोहमाया भनेको पनि पैसा, तपाइहरुले फरक फरक किसिमका मान्छेहरु भेट्नु हुन्छ होला जीवनमा एकै छिन मनन गरेर त्यस्ता मान्छेहरुलाइ नियाल्नुस र बुझ्नुस के त्यस्तामान्छे तपाइकालागी राम्राहुन वा हैन्न, के तपाइलाइ उहाँहरुका साथ चाहिएको छ वा छैन । धेरै मान्छेहरु देखावटी होलान धेरै मान्छे तपाइवाट काम मात्रै निकाल्नको लागी मित्रता गर्ने होलान, धेरै मान्छे राम्रा पनि होलान तर त्यो धेरै मान्छेहरु भनेका अहिलेको युगमा १०० जनामा धेरै भए भने ल गनेर १० जना यो मेरो अनुमान हो धेरै पनि हुन सक्छन ।
उग्ररुपमा म
उग्ररपमै बिवस
मेरो तह लगाउन
मेरै उग्र रुपलाई सकस
अनुभव के भने,
अहिले दुुइ जिव्रेहरुको विगविगी छ,
आफ्नै घरकामान्छेहरु आफ्नै घरकामान्छेहरुलाइ वर्वाद पार्नपनि पछी पर्दैन्न,
भाई भाई त आफ्नैभाईहरु भएर बस्न सकेका छैन्न,
सबै सन्तानहरुको लागी
भग्वान भनिने आमाबुवाहरुपनि
कहिले काँहि उग्र रुपमा प्रस्तुत भएका हामी देख्छौँनै,
त्यसतै छोरा छोरी हरु पनि कम्ताका छैन्न ।
हिजो सबै सँगै सँसार जीउछु भन्थे
हिजो जीवनका सबै
खुसी तपाइहरुलाइ दिन्छु भन्थे
आज खै के भयो
अनायासै परिर्वतन भए
कस्तो चिसो पस्यो?
भाइचाराऽ सन्ततीकोमायाऽ
प्रेममा सर्मपितभएर अहिले सम्म थर्किएका प्रेमका कहानी हरु पनि
मान्छेहरु पढछन
र
प्रेम र प्रेमीकाकोमाया पनि आजभोली हावामै उडिराखेको देख्छु
खै किन
मैले मानवताको कुरा गर्नै जानिन किन
कि म मानव हुँ तर मानवता निभाउने इच्छा ममा छदैँ छैन तर पनि बुझ्ने प्रयाशलाइ छोडनु पनि हुन्न । हेर्नुस म कत्ति अलमलमा छुँ ।
हिजो आज म मेरा
म मेरा कुण्ठाहरु बोकेर
म मेरा कुण्ठाहरु सँगै
रुँदै छु
मलाइ उसले चिच्याएर भन्छ
सुन्नुस न यतापनि अलिकती भाडभैलो छ
अलिकती सम्झाइदिनुस न ।
यो रातको सुन्यतालाई
मैले चिथोरेर
ज्वालामुखी पछीको पहाड र
चट्टान बनाइ सके
अब म मेरा छोडेर उसकाभावनाहरुको सागर
बिलीन छु
उसकाभावनाहरुको सागरमा डुवेर
रुँदैछु,
म नामको बदनाम
म नामको बदनाम
म कामको है मै काम
म बुझनै नसक्ने शैतान
खै मैले यो म आफै शैतानआफै बैमानकिन लेख्दै छु म कुनै प्रकृतीलाइबुझन सकने अवस्थामा छैन । मैले उसको बारेमा लेखे उ कोहो म को हो उसको भावना के हो मेरो भावना के हो मैले बुझन सकेको छैन ।
म यो कथाको हरेक ठाउँमा म आफुर उसलाइलुकाउँदैछु किन । यो लुकाउने बानी मेरो लागी, उसको लागी परिवारको लागी समाजको लागीबिष भैसकेको छ ।
यो छोटो प्रकृतीको जीवनको भावनाको र्मम बुझने जीवनको खाँचोको पुर्ती केवलतिभगवानले मात्रै गर्न सक्छन जसलाइहामीले काल्पनत्वको रुपमामानेका छौँ र उहाँहरुलाइपुजा गर्छौँ । छन छैन थाहाँ छैन तर पनि मान्छौ ।
जीवनको प्रकृतीमायाकाप्रकृतीपनी अनेकन छ । कसैको लागी सजीलो कसैको लागीवाहदुखै दुखको भण्डार ।
म रात
म दिन
म र्बबाद हर दिन
चाँदनाम
बदनाम हरेक पँन्द्र दिन
तिमीभग्वाननाम सर्वनाम जे भएपनि यौनीको प्रकारमा गल्ती गरेका छौ । मानवरुपीजिवनदानमागल्ती गरेका छौ । म तिमीलाइदाताभन्दिनतिमीहर्ता हौ ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
कयौँबर्षदेखि चलीआएको कुरीतिले यो समाजलाइ पुरुष प्रधान समाजबनाएर छोडेको छ ।
अहिलेको अवस्थामापनि जे जति माहिला अधिकारको कुरा गरे पनि त्यो सबैको उत्थानभएको नभएको कुनै मेसो पाउन सकिदैन ।
सहरीया जीवनका केही महिलाहरुले आवाज उठाउन तम्सीएपनि सबैले यो सक्ने अवस्था नरहेको हामी भान पाउन सक्छौँ ।
यद्यपी धेरै महिलाअधिकार कर्मी भएको अवस्थामा पनि कहिँकतै महिलाले नै महिलाको पिडा नबुझीदिएको जस्तो हामीले महसुस गर्न सक्छौँ ।
जीवनमा कामको एउटामात्रै नियम छ त्यो हो । पहिला म योकाम गर्छु भनेर सोच्नु र त्योकामलाइ गरी छाड्नु तर यहाँ धेरै सोच्ने बानिको बिकाश बाहेक अरु कुनै कुराको बिकाशभएन ।
म यो सोच्दै छु तर कहिले गर्छु भन्ने कुराको ठम्याउनै सकिएन ।
त्यसैले अहिले सम्म पनि हामी बिभिन्न ठाँउका समाचारहरु पढदा दुख मान्छौ तर हामीत्यही अवस्थाबाट आएकाहौ भनेर बुझ्दैनौँ ।
आाज कयौँबर्ष पछि म मेरो यावत स्थतीवाट निस्केर त्यो एउटा गाउँखोज्न निस्केको छुँ जहाँ उस्को जन्मभएको थियो । जुन गाँउ खोज्न म हिडेको थिए अब त्यहाँ पुग्नको लागी जहाँ बाट म हेरी राखेको छुँ त्यहाँबाट धेरै नजिकै देखिन्छ तर अझै धेरै उकाला हरु चढन बाँकिनै छन । यो कथालाई बृत चित्रमा कोरेर हेर्नु भयो भने लथालिङ्गछ न यसमा सतप्रतिशत माया छ न यसमा सतप्रतिशत झयझगडा छ । यो एउटा प्रश्नहरुको धारको बन्चरोमा तेर्सीएको कथाहो जस्लाइ मर्नुपनि छ, बाच्नु पनि छ, मायामा रम्नु पनि छ ।
मैले यो कथाको रम्यतालाई किन उल्लेख गरेको हो भन्दा, आज भोलीका तपाइ हामीहरु हरु पेप्सी, कोक र पपकर्न बिना न कुनै कथा सुन्न तयार हुन्छौ न कुनै यात्रा नै । यो मेरो मस्थीतिले लेख्दा सोचेको हो तर तपाइले ति कुराहरु तपाइ समक्ष राखि सक्नु भएको भान मैले पहिलेनै पाइ सकेको छुँ । यहाँएकोहोरो कुरात पक्कै सुँहाउदैन अब मेरो दोधारे मस्थीतीले भन्दै छ तपाइहरुले मलाइपागलभन्नु भयो होला । अब यो कुरा तपाइहरुले पढनपाउँदा सम्म मेरो चेतनाको केही हिस्सामात्रै काम गरी रहेको हुनेछ र मैले बुझ्नेछु तपाइलाइकुनै कुराको अपेक्षा छैन ।
तिउकालाहरु चढदा चढदै म तपाइहरु लाइजिवनकाकयौंकहानी हरु मध्धे केहीकहानीहरुको जिकिर गर्ने छु ।
यो जीवनमा साथिहरु साँगको रमाइलो घुमाईमा कयौ खुडकिलाहरु चढीएहोलान तर यिं बिषेस खुडकीलाहरु लाइ चढन मलाइअर्को जन्मलिएर पनिअपुगहोला ।
बारिह मुसलधारे पानि परीरहेको छ, मुसलधारे पानीको चपेटामा आजत्यो आमाको घर
यो कलियुगमा मुसलधारे पनिझैँ कुलंगार सन्तती हरु मुसलधारे पनिझैँ बर्षिराखेका छन ।
म मेरो आत्मालाइशाक्षी राखेर भन्दै छु ।जीवनजीवउनु जस्तो कुनै गाह्रो र जटिल यर्थाथ के ही छैन । हरेकप्रकृतीको जीवनमा यो लागु हुन्छ तर यो बुझ्न सक्नेभनेको एउटा मानवमात्रै हो ।
भोक पेटलाइ हैन मनस्थीतिलाइ लाग्छ, भोजन भइसके पछि पेट टन्न देखिन्छ तर अब भयो यो भन्दा धेरै नखाउभन्ने मष्तिस्कले नै हो ।
यो समाजमा कुरीती बिसंगतीहरुको सुरुवातकहिले देखीभयो भन्ने प्रश्नहामीले सोध्नै प्रदैन ।
किन? यो प्रश्नतपाइहरुलाइज्यादै सोधौं सोधौं लाग्ला ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
एक समथर भुभाग
म समथर छु भनेर
साह्रै खुसी थियो
घमण्डी पनिऽ
हुन त उसको सोचाइ पनी ठिकै होला तर
मै समथर भनेर त
हुइ चुच्चा खेल्नत भएन नी
मैले यो उसको पागलपन सम्झेर
ल ठिकै छ भनेर छोडीदिए
कि कुनै त्यो दिन आउला र उस्ले
बुझ्ला
तर म त कलीको जीवन
जसले छोटो समयमै
धेरै उतार चढाव भोग्छ
आफ्ना फरक फरक कर्महरु रोज्छ
केही समय पश्चात मलाइ फेरी
त्यही ठाँउबाट गुज्रिने मौका आयो तर
अहिले त्यो समथर भुगको बिच्चमा ठुलो
खाडलपरेको थियो ।
उ पनि मौन थियो र म पनि ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
कहिले काही आफ्नै काम कुरा र गरेका कृयाकलापहरु लाई सम्झीदा एकदमै खल्लो लाग्छ । म पहिले मेरो सोचाईमा के थिए? म कस्तो बन्नचाहन्थेँ र अहिले यत्रो उमेर बितीसके पछि के भऐँ?
यि सबै कुराहरुलाई अहिलेको म र पहिलेको म लाइ सँगै राखेर फेरी मेरो मानसिकताले परिर्वतनहुन खोज्ने मैले नै मलाइ नियाँल्दा, समयले वा मेरो सँगत ले धेरै परिर्वतन गराएछ जस्तो लाग्छ ।
तर परिर्वतन त म आफै भएको हो । हैन र?यसमा मेरो मानसिकता जोडीएको छ । त्यो मेरो मानसिकता ले मलाइजहाँ डो¥याउँदै छ म त्यही बाटो हिँडीराखेको छुँ । तर जे जस्तो अवस्थामा भएपनी म न मलाई दोश दिन खोजी राखेको छ न मेरो मानसिकतालाई ।
यहाँ धेरै प्रश्नहरु उब्जीनछन ।
म को हुँ?
खासमा म कस्तो थिए?
म किन यहाँ आऐ
म के कसरी परिर्वतन भऐँ?
कस्तो अवस्थामा परिर्वतन भए?
समाजले राम्रो भन्ने परिर्वतनभए की
समाजले कुरा काट्ने परिवर्तन भए?
मलाइ यि सबै प्रशनहरुको उत्तर थाहा छ तर पनि म थाहानभए जस्तो गर्दै छुँ । जहाँ सम्म लाग्छ यो मेरो मात्रै समस्या हैन होला । यहाँ धेरै त्यस्ता मान्छेहरु छन जस्लाइ धेरै प्रश्नहरुको उत्तर थाहा छ तरपनी थाहा नभए जस्तो गर्छन ।
यहाँ धेरै त्यस्ता मान्छेहरु छन जसलाई के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्नेकुरा थाहा छ तर पनी त्यसतै कुरा हरु गरी रहेका हुन्छन ।
बुझनु भएनहोला?
केहीदिन अगाडी समाचार पढेको थिए । एउटा केटाले एउटी केटीमाथी एसिड प्रहार गर्यो ।
त्यसको केहि दिन अगाडी मैले अर्को समाचार पनि पढेको थिएजसमा लेखिएको थियो एउटा युवाले बलत्कार गरे ।
यहाँ मनोवैज्ञानिक हरु विभिन्न कुरा हरु गर्न सक्छन जस्तै त्यो सबै उसको बैशको खेल हो । त्यो सबै समयको खेल हो । त्यो सबै उस्को परवरीस शिक्षा को खेल हो । त्यो सबै उसको समाजको खेल हो ।
यस्तै बिभिन्न कुरा हरु ।
मानिस सबै भन्दा बिवेकशिल प्राणी हो । हैन र? मानिसलाइ धेरै कुराहरु थाहा छ के राम्रो के नराम्रो तर पनि मानिसले आफ्नै पैतला ताछि राखेको छ ।
हुन त यहाँ सबैको चाहनाहरु फरक फरक हुन्छन । धेरै मान्छे हरु अरु राम्रा मान्छे हरुबाट प्रेरीत भइराखेका हुन्छन । जिवनमा अगाडी बढ्नु पर्छ भन्ने अठोटमा लागी परेका हुन्छन तर पनी उसको काम र मानसिकताले मानिसलाई कुनै एउटै समयमा अल्झ्याई राखेको हुन्छ ।
मेरो एउटै चाहना थियो कि म कुनै अरु न बनु जसमा हाम्रो समाजले भन्ने ति सबै राम्राजीवनहरु म कुनै फरक तरिका नियालौँ र फरक मेरै आफ्नो तरिकाले बाचौँ ।
कहिलेकाँही उदार लाग्छ
भावनाहरु उकाली ओरालीपनी लाग्छन
जीवनमा कयौँ कुरा देखिन्छन
जीवनमा कयौँ कुराहरु सुनिन्छन पनी
आँखिर जीवनको रमाइलो यही कुरा हैन र
तर फेरी तपाई ति सबै राम्रा नराम्रा कुराहरु नगरी कसरी थाहापाउनु हुन्छ यो राम्रो यो नराम्रो ।
केही आफनै गराइको कारणले थाहा पाउनु भयो केही अरुले गरेका गल्तीहरुबाट ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.
You Might Also Like
द्वन्द कालको जन्म र मृत्यु कुनै रहस्यमयी छैन
किन?
त्यो द्वन्द,
देशका लागि भएको थियो
जनताका लागि, भन्ने नारालगाई
बिभीन्न ठाँउहरू मानव जन सागरले
भरिएको थियो ।
देशमा कोलाहल किन मच्च्यिो?
त्यो भेष, भुषा र मातृभुमि संगको प्रगाढ मितको कारण ले
राज्यसत्ता बाहेक अरू सबै भ्रम हो
भन्ने पिर को कारणले ।
बलेको आगोमा घ्यु कसले छर्कियो?
राजतन्त्र नामक परिधिका कारणले
रगतको खोला बगेको त केवल
तेहि परिधि भित्रका
केही ओहोरेदार हरूको कारणले
देश चलाँउछौं भनि बसेका केहि पहरेदार
हरूको कारणले
दाजु भाइ भिडे त केवल
यो राज्य सत्ता र शासन मेरो हो भन्ने
कसैको अहंकारका कारण ले ।
अझै पनि सोच्दै हुनु हुन्छ?
द्वन्द कालको जन्म र मृत्युले
नेपाल बनेको हो?
तर हैन, युवाहरू जागरूक भए
हामी लड्छौँ भने
भिड्छौं भने
हामी हिड्छौ भने
देश र जनताका लागि जैले सम्म हुन्छ
तब सम्म शत्रुका सामु टिक्छौ भने
पिट्छौं भने
मिट्छौं भने
बगेको खोलामा रगत
कि मिस्छौं, कि मिसिन्छौं भने
छेउमा आउने जोसुकै किन नहोस उसको
शंहार गर्न हामी ठिक छौं भने ।
कैलेकाहि त लाग्छ,
राती राती कसैलाइ नबताई
जसरी चुप चाप सित पर्छ
त्यसरी नै भित्र भित्रै द्वन्दकालको
सुरूवात भयो
शान्त थियो, चुप चाप थियो तर
राजतन्त्र नामक पण्डितले बलिरहेको
आगोमा
पानी हैन घ्यु र्छके
गाँउ, घर, छर, छिमेक टोलमा ड्याङ् ड्याङ्ग डुङ् डुङ्ग
हुने गरि कोलाहल मच्चियो
खोला, नालाहरूमा पानी हैन रगतको खोला बग्थ्यो, जम्थ्यो
अब जंगलमा रूखका स्याउला हैन
सुदुर तिर पुर्वका र पुर्व तिर
सुदुरका युवाको लास झर्थ्यो
हो यसरि नै भयो, द्वन्दकालिन समयको अनत्य ।
त्यो द्वन्दको आदी र अन्त्य, भयंकर थियो
यथार्थ के हो भने
हरेक दिन जतिसुकै तारा खसे पनि
त्यो भन्दा दोब्बर चापले
नयाँ क्रान्तिकारि शक्तिशाली ताराको
जन्म हुन्थ्यो
कयौं बुवा, आमाहरूको, छोरा छोरि अब घर आउने आस मर्थ्यो
तर युवाहरू क्रान्तिकारि हुन्छु र
देशकोलागि केही गर्छु भन्ने मात अझै चढ्थ्यो
हो त्यसरि नै त्यो द्वन्दकालको आयु १,
२ गन्दै १० बर्ष सम्म पुग्यो ।
Satya J.
Satya Joshi is a writer, poet, storyteller. On this website, you will find only interesting content, poems, stories from different perspectives, and stories that will move your heart and change the way society works. Hopefully, you will enjoy them.