Wednesday, February 28, 2024

आगाे

आगाे

आगाेकाे राप जीवन
आगैकाे साँथ जीवन
आगै त हाे
आगैकाे आस् जीवन ।

आगाे बर्तमान, भुत, भबिष्य
आगाेनै अलंकार
आगै त हाे
आगैकाे अहँकार जीवन ।

आगाे त गुण हाे
आगाेनै आदर
आगै अणु हाे
आगै अनादर
आगाेकाे काम
आगाे बराबर
रिपुहरुकाे सँहार
आगाे सरासर ।

आगै परिकार
आगै सवाल छ ।
आगै अधिकार
आगै ववाल छ ।
आगै अलाप
आगै बिलाप छ ।
आगै मस्त मौला
आगै खराब छ ।
आगै समस्या
आगै शराब छ ।

आगाै त हाे आगाे
आगै
ववाल छ ।

बहाना

मृदुल भाँषी मनमा
बहाना नै आगाे ।

पापी प्रयाेगमा
त्याे तरिकानै आगाे ।

पवित्र तनकाे
बिचित्र बहाना
बिचित्र मनकाे
बिचित्र चाहना
राम्राे गर्नु
राम्राे बन्नु त
बहाना नै आगाे
बरु हाेमीएरै मर्छु
मेराे लागी आगै बहाना
आगै चाहना ।

बुझाउनै नसक्ने
बहाना नै आगाे

बुझ्नै न खाेज्ने
बहाना छ आगाे

साेझै छू भन्छ
बहाना भाे आगाे
ठिकै छ
बहानाले माग्याे
बहानाकाे
बिचित्र
पवित्र आगाे
खै याे आगाे
कस्ले किन
त्यति धेरै ताप्याे!

हरेस हैन
हारिन्छ हाराइन्छ
आगाे ।
पारिन्छ पछारिन्छ
आगाे ।

भनिन्छ सुनाइन्छ
गति पार लाग्याे 
जति छ 
त्यती लगाइन्छ
आगाे ।

जीवन बुझ्नेलाइ
सबै पर् भाग्याे
नबुझ्नेलाइ
अल्झिएर राख्याे
काेल्टे फेर्नेलाइ
कलिकाे काल
ले
तख्ताहरुमा
सजाएर राख्याे

वाह्
क्या कडा छ
दमदार आगाे ।

तानि बसे
कदम मेरा
त्याे साँथकाे
करिब आगाे ।

झिनाे मसिनाे
जीवन बहाना
करिब छु
अजिब छ्
आजिब चाहना
आजिब चाहनाकाे
आजिब
त्याे आगाे
अरेह् थाहाछ
या छैन
बस २ प्रहर
मात्रै नाग्याे ।

बस रहर
त्याे आगाे ।

जीवन

आगैकाे काम जीवन
आगैकाे नाम जीवन
आगै त दिएँ मैले
आगै बदनाम जीवन ।

आगै खराब छ कसैलाइ
आगै तनाव छ कसैलाइ
आगै बगेर जान्छ
आगै बगेकाे
आगै हराम छ ।

म त्याे
तिमी

उहाँ
उनी
त्याे
त्यहाँ
हामी
याहाँ यिनी

आगै ले मागेकाे
जे
जहाँ
जाे
जस्ताे
जे तरिका
त्याे त्यस्ताे

सबै नै आगाे
म कहाँ कुन्नी किन
याे सबैकाे
व्याकरणनै आगाे । 

मैले भने नी
आगाे
हाम्राे अधिकार
‌ओचित्य नै आगाे
आगाे नै हाे
आँखिर आगै त लाग्याे ।

सानाे छ जीवन
सानै छ धड्कन
सानै सहारा 
सानै छ तडपन
जीवन लाइ बहानामै साँचेकाे हाे भने
त्याे जीवन लाइ पनि लगाइन्छ आगाे ।

आगै आगाे ।

आगै 
माथि आगाे

आगै त आगाे

अनी आगै
त हाे आगाे ।

के ठट्टा हाे र
याे आगाे ?

के भन्छौ तिमी
के तिम्राे घर परिवार हाे आगाे ?
तिम्राे तरिका हाे आगाे ?
तिम्राे माया हाे आगाे ?
तिम्राे आँखा हाे आगाे ?
मन मष्तिस्क हाे आगाे ?
के भन्छौ तिमी के तिम्राे जीवन हाे आगाे ?




0 comments:

Post a Comment