Tuesday, January 30, 2024

तिम्राे सँगतमा

तिम्राे तरिका
तिम्राे अधिकार

तिम्राे माया
तिम्राे परिकार
मैले साेचेर अनायास
आभाश गरिन र ?
 
मैले 
तिम्राे जादु छलकपट काे
प्रबृती बुझिन र ?
 
तिम्राे सँगतमा
म कम्जाेर भइनर?
 
तिम्राे सँगतमा
म भावुक भइनर?
 
तिमी मेराे भावना
बुझ्नु छ भने
अति भावुक
भएर आउ
तमी मेराे
भावना बुझ्नु छ
भने प्रेमकाे
प्याला लिएर आउ ।

मलाइ बुझ्न
मलाइ अपनाउन
नम्रऽ काेमलऽ कलिलाे समय
गँगा जस्तै पवित्र भएर आउ ।

मलाइ लाग्छ तिमी सक्छौ
त्यसैले
तिमी शब्दभन्दा माथी छौ
मलाइ औषधी ओखती भन्दा
मेराे लागी तिमी हौ ।

ल सुन म तिम्राे लागी भन्छु

ताराकाे आकार र ताराकाे प्रकार
तारानै औषधी
तारानै साँथी
तिमी ताराकै साँथी
तिमी तारा भन्दा माथी
तिमी नै तारा
तिमी नै ओखती ।


मैले देखेकाे छू
तिमी को हौ
तिम्राे तरिका एउटा प्रस्फुटन भन्दा ठुलाे छ
तिम्राे औचित्य याे धर्तिकाे जन्म भन्दा धमिलाे छ ।

तिमी आफ्नाे परिवर्तन लाइ खाेलेर हेर
तिमी आफ्नाे अधिकार क्षेत्रलाइ बुझेर हेर
तिमी तिम्राे परिकार भन्दा फरक छौ
तिमी आफ्नाे अधिकार भन्दा फरक छौ

सक्छौ भने
सबै लाइ सँगै राख

सक्छौ भने
आफ्नाे अधिकार क्षेत्र माग

धेरैलाइ तिमी सम्हालन सक्छौँ
तिमी आफ्नाे अधिकार प्रतिकाे
आकारलाइ साँच ।



0 comments:

Post a Comment