Friday, December 15, 2023

हर्कत

म दिन दिनै हर्कत मा आएकाे देखिन्छु
धेरै कुरा धेरै तलमाथी छन
धेरै नै बरालीएकाे देखिन्छु ।

मौन पनि छु
अनि
मलिन पनि
सबैकाे खाेजेकाे दिएकाे पनि छु
सबैले चाहेकाे पनि ।

कमजाेरी के छ भने
मैले सबैले साेचेकाे दिन सकिन
सबैले चाहेकाे पुरा गर्न सकिन ।

म त्यति सम्म साेच्छु
कसैलाइ दुख नहाेस
तर म को हाे र ?

भग्वान?

हा हा हा हा हा हा हा हा

म दूइ चार वटा बियरमा बिकेकै छू ।

ठिकै छ ।

म यहाँ बस्ने सबैलाइ रुवाउन सक्छु
भनेर भनाैँ भने सबैले ब्रेक-अप स्टाेरी खाेज्लान
तर पनि म सक्छु
यहाँ बस्ने सबै लाइ रुवाउन सक्छु
यहाँ कविता केही हाे है
भन्ने सबैलाइ हँसाउन सक्छु


रमिता गर्ने हरु लाइ रमिता
तर
भावनात्मक कुरा बुझ्नेलाइ सम्हाल्न सक्छु
सम्हाल्न न सकेपनि
सम्हालने प्रयाश जहिलै गरेकाे छू ।

जीवन मा विज्ञान खाेजे पनि
विज्ञानकाे नाममा गरिने रमिता कहिलै गरिन
गर्न चाहे पनि झिनाे मसिनाे जीवनले
प्रयाेग गर्न दिएन
दिन खाेज्दा पनि
म एक्लै थिए
एक्लै सकिन ।




0 comments:

Post a Comment