Thursday, December 1, 2022

परिर्वतन

कहिले काही आफ्नै काम कुरा र गरेका कृयाकलापहरु लाई सम्झीदा एकदमै खल्लो लाग्छ । म पहिले मेरो सोचाईमा के थिए? म कस्तो बन्नचाहन्थेँ र अहिले यत्रो उमेर बितीसके पछि के भऐँ?

यि सबै कुराहरुलाई अहिलेको म र पहिलेको म लाइ सँगै राखेर फेरी मेरो मानसिकताले परिर्वतनहुन खोज्ने मैले नै मलाइ नियाँल्दा, समयले वा मेरो सँगत ले धेरै परिर्वतन गराएछ जस्तो लाग्छ ।

तर परिर्वतन त म आफै भएको हो । हैन र?यसमा मेरो मानसिकता जोडीएको छ । त्यो मेरो मानसिकता ले मलाइजहाँ डो¥याउँदै छ म त्यही बाटो हिँडीराखेको छुँ । तर जे जस्तो अवस्थामा भएपनी म न मलाई दोश दिन खोजी राखेको छ न मेरो मानसिकतालाई ।

यहाँ धेरै प्रश्नहरु उब्जीनछन ।
म को हुँ?
खासमा म कस्तो थिए?
म किन यहाँ आऐ
म के कसरी परिर्वतन भऐँ?
कस्तो अवस्थामा परिर्वतन भए?
समाजले राम्रो भन्ने परिर्वतनभए की
समाजले कुरा काट्ने परिवर्तन भए?

मलाइ यि सबै प्रशनहरुको उत्तर थाहा छ तर पनि म थाहानभए जस्तो गर्दै छुँ । जहाँ सम्म लाग्छ यो मेरो मात्रै समस्या हैन होला । यहाँ धेरै त्यस्ता मान्छेहरु छन जस्लाइ धेरै प्रश्नहरुको उत्तर थाहा छ तरपनी थाहा नभए जस्तो गर्छन । 

यहाँ धेरै त्यस्ता मान्छेहरु छन जसलाई के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्नेकुरा थाहा छ तर पनी त्यसतै कुरा हरु गरी रहेका हुन्छन ।

बुझनु भएनहोला?

केहीदिन अगाडी समाचार पढेको थिए । एउटा केटाले एउटी केटीमाथी एसिड प्रहार गर्यो ।

त्यसको केहि दिन अगाडी मैले अर्को समाचार पनि पढेको थिएजसमा लेखिएको थियो एउटा युवाले बलत्कार गरे ।

यहाँ मनोवैज्ञानिक हरु विभिन्न कुरा हरु गर्न सक्छन जस्तै त्यो सबै उसको बैशको खेल हो । त्यो सबै समयको खेल हो । त्यो सबै उस्को परवरीस शिक्षा को खेल हो । त्यो सबै उसको समाजको खेल हो । 

यस्तै बिभिन्न कुरा हरु ।

मानिस सबै भन्दा बिवेकशिल प्राणी हो । हैन र?  मानिसलाइ धेरै कुराहरु थाहा छ के राम्रो के नराम्रो तर पनि मानिसले आफ्नै पैतला ताछि राखेको छ । 

हुन त यहाँ सबैको चाहनाहरु फरक फरक हुन्छन । धेरै मान्छे हरु अरु राम्रा मान्छे हरुबाट प्रेरीत भइराखेका हुन्छन । जिवनमा अगाडी बढ्नु पर्छ भन्ने अठोटमा लागी परेका हुन्छन तर पनी उसको काम र मानसिकताले मानिसलाई कुनै एउटै समयमा अल्झ्याई राखेको हुन्छ । 

मेरो एउटै चाहना थियो कि म कुनै अरु न बनु जसमा हाम्रो समाजले भन्ने ति सबै राम्राजीवनहरु म कुनै फरक तरिका नियालौँ र फरक मेरै आफ्नो तरिकाले बाचौँ ।  

कहिलेकाँही उदार लाग्छ
भावनाहरु उकाली ओरालीपनी लाग्छन
जीवनमा कयौँ कुरा देखिन्छन
जीवनमा कयौँ कुराहरु सुनिन्छन पनी
आँखिर जीवनको रमाइलो यही कुरा हैन र
तर फेरी तपाई ति सबै राम्रा नराम्रा कुराहरु नगरी कसरी थाहापाउनु हुन्छ यो राम्रो यो नराम्रो ।
केही आफनै गराइको कारणले थाहा पाउनु भयो केही अरुले गरेका गल्तीहरुबाट ।



0 comments:

Post a Comment