Thursday, December 22, 2022

जात्रा

जीवनमा यात्रा र
यात्राहरुमा जात्राको रमाइलो बेग्लै हुन्छ

यो यात्राहरु र
जात्राहरुलाइ मैले सुख दुख को सँज्ञा दिन खोजेको हुँ जस्तो लाग्छ।

हँ हँ

लाग्छ

तर म के चाहन्छु भने
तपाइहरु पनि यो सुन्दा वा पढदा
सक्नु हुन्छ भने बिभिन्न आयामहरुमा डुबुल्की मार्नु होला

यि शब्द र कुराहरुलाइ सम्झिने प्रयाश गर्नु होला ।

यो मेरो काल्पनिक एक आयाम हो

यथार्थ पनि हो
किनभने मलै लेख्दै छु

बिभिन्न प्रकारका प्रश्न र
घटनाहरुलाइ तोडमरोड गरेर मुर्त रुप बाट
उमेरको अवधि सम्म पुर्याउँदै छु ।

हं हं

भयो मेरा कुरा हरुलाइ छोडौं

यहाँ जात्रा एक
जन्म
मृत्यु
भय
घमन्ड
स्वार्थ
समय
माया
बियाेग
प्रफुल्लता
रमण
जात्रा एक श्रवण
वाह
क्या कथन

जात्रानै
जात्रा
जात्रा मै
जमघट
जमघट
जात्रा
जात्रै भित्र यात्रा
यात्रानै कथन अनि 
यही हाम्राे मानव जीवनकाे मन्थन ।

वाह क्या कथन - जात्रा ।

सक्कियाे जस्ताे लाग्याे हाेला है?

पक्कै हो
यात्रा गर्दा त्यो आन्नद आँउछ
जसको बयान बिभिन्न ठाँउमा
भिन्न भिन्न तरिकाले गर्न सकिएला
झन त्यो यात्राको सहपाठी
कुनै मनमिल्ने मान्छे हुनुपर्छ
त्यसको मज्जा बेग्लै ।

हँ वाह्

म मेरो मानसपटलमा
त्यो यात्राका तस्विर हरुलाइ
next next गर्दै छू


वाह् यो त क्या दामी तस्वीर

यो पनी दामी ठाँउ है


यही ठाँउको उत्यो होटेलमा मिठो खाजा खाको हो हैनर

वो हो यो पनि दामी

यो त ठिक ठिकै छ
अलि क्यामेराले साँथ दिएन छ

एह् ल् यो मान्छेको नाम कसरी भुलेम हँ

के थियो अरे साँच्ची

एक्लै आफै प्रश्न सोध्दै र आफै उत्तर खोज्दा पनि

एउटा फरक आन्नद आँउछ।


त्यो पनि एक प्रकारको यात्रा जसमा भिन्नै किसिमको कौतुहलता छ ।


अब जात्र भन्ने कि के भन्ने यस्लाइ

कहीलेकाँही लाग्छ
हावा सँगै बगी दिउँ
वादल सँगै उडी दिउँ
तर बिलौना
न म सँग
पखेटा छ
न म सँग
त्यो चाहत

म रहरलाइ मात्रै कति हेरी रहुँ
को कस्को कुरालाई सुनी रहूँ
कस्को कुराको अमल गरुँ?

बस
अब
मलाइ थाहा भएकाे प्रेम

प्रेम एक अज्ञानतामा
आगो लगाउने
ज्ञान हो ।

प्रेम एक मौनता बाढी ल्याउने
बर्षात हो ।

प्रेम एक भावना हाे
भावनाहरुको समुन्द्र हो ।

जहाँ भावनाहरुको एक आपसमा
टकरार हुन्छ

यदि दुवैले साँथ रहन चाहे भने
मिलन पनी
नत्र
दुवैको तनावले तुफान
ल्याउन सक्छ

असपासका बस्तीहरु
पनि उनीहरुकै भावनामा
समाधी बन्न पुुग्छन ।

कि प्रेमले बनाउँछ
कि प्रेमले बनेकोलाइ भत्काँउछ ।

होला प्रेम रहर सबैको तर
अधिकतम यस्लाई
सामाजले भत्काउँछ ।

म यस्लाई कसरी ब्याख्या गरौ,
म त नेपालीमा लतारी लतारीदै परीक्षा पास गरेको मान्छे । मलाई शब्दमात्रै थाहा छ ।

त्याे प्रेमकाे आभाषलाइ अन्त्य गर्दा 
यहाँ 
उग्र ब्यग्र रुपमा म
जीवनका पडावहरुलाइ अवलोकल गर्दै छु ।

म त्यो बितेको समयमा फर्किदै छु
जुन समयमा
म को भन्ने मलाइ थाहा थिएन

म थिए है भन्ने पनि मलाइ यादछैन

म त्यो मेरा रहर र उसका रहर 
मेरा भन्ने भावनामा बिलिन भैसकेको थिए ।

जिवनमा दुख लुकाइदेउ
तिम्रा पाउँ उफ्रिन थाल्छन

म सोच्ने छु मेरो जिवनमा दुखको
एउटा तिन्को पनि छैन

बस त्यही लुकाएको भरमा
वाह मेरो कल्पना र
वाह मेरो जीवन

कयौं पटक सोच्छु म को हुँ
के म मान्छे हुँ
के म भग्वान हुँ
के म जीवीत हुँ
के म आश्रीत हुँ ।

समय धेरै फरक छऽ 
समयान्तर पनि फरक छ
र हाम्राे समय सँगकाे झुकाव पनि
एकै छिन अघि फरक 
थियाे अहिले भिन्नै फरक छ ।

हिजो आज म 
मेरा कुण्ठाहरु बोकेर
कुण्ठाहरु सँगै
रुँदै छु
मलाइ उसले चिच्याएर भन्छ
सुन्नुस न यतापनि अलिकती भाडभैलो छ
अलिकती सम्झाइदिनुस न ।

यो रातको सुन्यतालाई
मैले चिथोरेर
ज्वालामुखी पछीको पहाड र
चट्टान बनाइ सके
अब म मेरा छोडेर उसकाभावनाहरुको सागर
बिलीन छु
उसकाभावनाहरुको सागरमा डुवेर
रुँदैछु,

म नामको बदनाम
म कामको है 
मै काम
म बुझनै नसक्ने शैतान ।

हा हा 

याे जीवन बुझ्दै गर्दा
समयले हामीलाइ खाेजेकै थियाे

आकाश उम्लियाे
झन्नक रन्कियाे

उल्का काे बर्षात
जिवनमा हैन
कुन्डलीमा भयाे

खै कतिवटा ब्रह्मान्ड
कतिवटा सँसार
दिनदिनै सँहार भएहाेलान
कतिवटा राशी कतिवटा
नक्षत्र बर्वाद भएहाेलान ।

I have lost it all
Now what should I do?
Should I make it a past?
I'm not the only one to take it as right and try it as past and make it last.

I don't have any thing to say
chill bro, chill
you have chilis to plate
Mark my word earth rotates
and oh yeah I just remembered you have chicken to taste
a little bit but not much give me a bone and take the plate.

haha :P

hmmm

You know what?
Life is like a hell,
so make it a theater
and allow tickets
allow tickets.
allow tickets.

कयाैँ कथा हरुकाे अन्त्य
एउटै कवितामा
जायज नहाेला तर पनि

This is for Sami,

एउटा कुकी छुट्टैछ
छुट्टै बनाउनु
न गुलियाे
न पिराे अमीलाे बनाउनु
कस्ताे हाेला त्याे कुकी
बिलकुल खास नै बनाउनु
वाह आहा भन्ने नै हाेला सबले
बवाल नै बनाउनु
त्याे कुकी काे पैसा चैँ 
१००० नै बनाउनु ।

हा हा हाऽ

मन हाे छिन छिनमा
मनकाे यात्रा फरक आयामा डुब्लकीमार्छ ।

भावनाहरुकाे
खेल हाेला
तर
भावनाहरु कहर
बनेर आँउछन

भावनाहरुलेनै
मलाइ मलिन बनावाेस भन्ने
मेरा रहरहरु छैन
तर
यहाँकाे ताैर तरिका
यहाँका मान्छे काे साेचाइ
भनाइ गराइले मलाइ
बेला बखत
आक्राेसमा आइ राखेकाे हुन्छ ।

म पनि याे
समाजले ताेकेकाे
उपल्लाे उचाइ नाप्न चाहन्छु ।

दुइ जिब्रेहरुकाे जिब्राे
पन्छ्याउन चाहन्छु ।

बाेलीमै सियाे बन्ने हरुलाइ
काेइलाकाे भट्टिमा
जतन गरि पगाल्न चाहन्छु ।

गलत साेचाइ
गलत धारणा
आफै सही र आफै ठुलाे भन्ने हरु लाइ
खड्कुँलाेमा उमाल्न चाहन्छु ।
कालाे खरानी नभए सम्म
त्यही खड्कुँलाेमा सम्हाल्न चाह्नछु ।

यतिमात्रै हैन । 

म जीवन हुँ
म नै जीवन हुँ
म बारबार मर्छु
म बारंम्बार जन्मनछु

म हर बार आफैलाइ
कोसने गर्छु

म हर बार
बिर्सिएर आफैलाइ
खोज्ने गर्छु

म हरेककाखुसी
बोक्ने गर्छु

र हरेक का खुसी
खोस्ने गर्छु

म नै भग्वानहुँ
म नै सैतानहुँ
म राहु केतु
शनीमंगल
नाडी, दोश
अवगुणी कलंक
मनै महानहुँ

म जीवनहुँ
म नै जीवनहुँ
मेरो स्वरुपशुन्य छ

देख्न त मलाई
कसैले देखेको छैन

तर पनि
महसुस गर्दा
कालो गोरो, स्वेत
जस्तो भएपनि
म हरेक
कणकण मा छु
हरेक जीवित
सजीव
निर्जिव
मै हुँ

हरेक मृत पनी
मै हुँ

जन्मिनछु र पो
म जीवन हुँ

मर्नु छ भनेर
मैले नै लेखे
र पो
मृत्यु बोकेर हिँडछु
म नै बहरुपिया हुँ
म नै रचयिता
म नै महान हुँ
म भग्वान हुँ
म शैतान हुँ

याे यात्राकाे जात्राहरु पनि बेग्लै
खै हामी हुने हाे
भाेली हैन
थाहा पनि छैन
सयमकाे पल
मायाकाे साँथ
जात्राकाे नै मात
भविष्य यस्तैहाे यस्तै भविष्यकाे जात्रा यात्रा नै बेग्लै । 




0 comments:

Post a Comment