Thursday, March 24, 2022

चुप्प



सुरुवात

कुन पहेली बाट गरौँ?

कुन

तिमीलेनै भनेका कथा

मन मनै चिथोरेर

आफ्नै मनलाई

ए पागल

ह्या भयो

चुप्पलाग

सोच्न छोड न

आज त एक छिन

ए भयो के

सुनेस् भयो के भयो

के ही बेर शान्त हो

मन सँगै

यो मुटुको धक धक पनी

रोक्देन एक छिन

यस्तै गर्छस भने

म त पागल हुन्छु कुनै दिन ।

मैले उसलाई

मेरा हरेक रहर सपना

उमंग

सबैमा साजाएको थिए

म पनि पागल

कयौँ पल्ट

उसलाइनै

मेरा बरबरी झरर्ने आँसुहरुमा

सुनकेसरी साजाई बगाएको थिऐ ।

उस्को शुन्यता, मौनतालाई

मैले पक्कै पनि बुझेको थिए

न बुझेको त हैन

उस्लाई मैले

कति सम्म बुझ्थे भने

उ बिना सित्ती मुस्कुराई भने

मलाई महसुस हुन्थ्यो

कि उ रिसाइ आज्

तर

ठ्याक्कै यतिबेला मलाई याद आँउछ

एकान्तमा कुरी रहे

तिम्रोमायामा भुलीरहे

बिहानी को हावा सँगै

माया सँग झुलीहरेँ

तर यहाँ फरक के भयो भने

एकान्तमा कुरी रहेँ

तिम्रो मायामा भुली रहेँ

बिहानी के हावा सँगै

तिमी यही बाटो

फर्केर आँउछौ भनी

मनमनै आँसु पुछी रहेँ ।

-Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment