Thursday, March 24, 2022

मसानी



जलरूपी मसानी भन्छे,

रातभरी तँलाइ रूवाइ दिन्छु भन्छे,
चाँडै मान्छस भने, खिचडीमा मान्छु भन्छे,
ढिलै आँउछस भने, खसी, बोका, कुखुरा सबै तैँ बाट खान्छु भन्छे ।

जता ततै मेरो पोल्टामा उस्कै छाया रैछ,
मैले नदेखेको रैछुँ, उस्ले मलाइ सताया रैछ,
वाह् क्या, बात, बाटो हिडदा मलाइनै समाया रैछ,
छेउ छाउ देख्ने सबैलाइ, उस्को सदाबहार माया रैछ ।

ज्योतिस काँ गए, के भएछ, गनाए,
सबै कुरा सुनाए, धेरै कुरा गुन्गुनाए,
ज्योतिसले, जल रूपी मसानी सुनाए,
अब क्यार्नु, निर्मुल पार्ने मत्र पनि बुनाए,
मन्त्रले नहुने रैछ, रगत लाइनै चुनाए ।

Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment