मै हुँ



चिन्दिन म, जान्दिन

भन्या कुरा म, मान्दिन
बाल दिन छाड्दिन
हिरो भाको म, ढाँट्दिन ।

लड्दिन् म, भन्दिन
भिड्न आए म, गन्दिन
शब्द मेरो तरवार हो
तर घाँटि रेट्न आट्दिन
हात खुट्टा भाँच्न जान्दिन
पिडामा पार्न सक्दिन
यथेष्ट खुसी थाहा छैन
तर सपना देख्न छाड्दिन ।

दुःख तलाइ बाँट्दिन
सुःख तलाइ साँटदिन
माया तलाइ, गाँस्दिन

दुःख मेरो
सुःख मेरो,
माया मेरो,
जीवन मेरो,

पिडा मलाइ
सलाइ को काँटि
सपना जलाइ
छाति फुलाइ
उल्लास मलाइ
खुकुरि पलाइ
घाँटि, छलाइ
खुकुरिको चोट
अचानो मलाइ

पिडा मलाइ
दुःख मलाइ
सुःख मलाइ
माया सबको
खुसी मलाइ

सोच्ने म हो
खोज्ने म हो
भोग्ने म हो
डर्ने म हो
मर्ने म हो

जीवनको खोला, तर्ने म हो
भुइमा नभए, आकास बाट झर्ने म हो
धोखा, धडि गर्ने म हो
बिरहि र पागल हरूमा पर्ने म हो

कुरा एउटै के हो, जान्छस?

दुःख भोग्छस्
माया रोज्छस्
पैसा पाए
एैय्यासि खोज्छस
हाँत खुट्टा भाँचे पछि
पिडा भोग्छस
जीवन तेरो मासे
अन्नत रोज्छस्
दुःख तलाइ बाँटे
धोक्रे रुन्छस
माया तलाइ साँचे
खुसी हुन्छस
धन के हो आँटे
उफ्रि हिँड्छस
बिना अर्थ दिलमा
खुसी लिन्छस
आफैलाइ ठुलो भनि
फुर्ति लीन्छस ।

तँ डर्न खोज्छस भनि म, भन्दिन
तँ मर्न खोज्छस भनि म, भन्दिन
जीवनमा के सोच्छस म, जान्दिन
गन्तव्य, जे सुकै होस म, छाड्दिन
काँडे झ्याँङहरू होला म, बाल दिन्न
गन्तव्य तिर पाइल सार्न, पछि पार्दिन ।

- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments