Thursday, March 24, 2022

गाथा




उमेर ठम्याउन

सक्नु भएन?

नियाल्नुस

निधारमा कोरीएका

मोटो धागोझैँ

तेर्सिएका रेखाहरुलाई ।


त्यो पनि थोरै

मान्नु भयो भने

हात समात्नुस र

हातका तिँ ढुङ्गा

जस्ता ठेलाहरुलाइ

कोमल गालामा

सुमसुम्याउनुस ।

ध्यान दिएर हेर्नुस

सबैको आफ्नै आफ्नै

जीवन गाथा छ

त्यही गाथा भित्र

सबैले आँखा लगाउने

सुःख



कसैले नदेख्ने

दुःख

जकडीएर

गुम्सीएर

नसा नसाहरुमा

बगिरहन्छ

थाम्न नसकिने

बेगमा गुडी रहन्छ

बेलामा रोकिन्छ

छाति च्वास्स बिझ्छ

फेरी गुडनु छ भनि

आफ्नै मष्तिस्क सँग

झुकि रहन्छ ।

ढुक ढुक

जो हुन्छ

त्यसले

जो

जीउछ

जीउने लाई पनि

भौतारी रहने

भोलीको भोको

जीवनको धोको

खोजी रहने

पागल बनाउँछ

तर

खुसीमात्रै देख्नेलाई

उस्कै भयो

उस्कै राम्रो

भनी

आफ्नै घाउमा

नुन चुक लागाउने

घायल बनाउँछ ।

जीवन सुमसुम्याउन

सक्नु भएन?

बाँचेर हेर्नुस

बाँच्नु भन्दा पनि

एक छिन

जन्म दिने

आमाभएर सोच्नुस

यो युगमा आमा

हुन त सजीलै छ

तर

जीवन बुझ्न

जन्माएर हेर्नुस

त्यही कुरालाई

कयौँ बर्ष अन्माएर

हेर्नुस

जब अन्तरमन सँग

जोडीन्छ

भावनाहरु सँग

खेलीरहन्छ

त्यही कुरा गुमाएर हेर्नुस

सक्नु हुन्न?्

उमेरको पोकोको

भारी बिसाई

पोको खुलाई

आफ्नो जीवन काललाई

आफ्नै आँखा अगाडी

फेरेर हेर्नुस

एक देखी

अन्त सम्म

उमेरको पगडी



सँघर्ष भित्री मष्तिसक

सम्म बेरेर हेर्नुस ।

गाथा

भिन्न भिन्नै

- सत्य प्रकाश जाेशी (Satya Prakash Joshi)

0 comments:

Post a Comment