Thursday, March 24, 2022

उनी सँग घण्टौँ कुरा गर्न मन छ


उनी सँग घण्टौँ कुरा गर्न मन छ तर

आफूलाई के बोल्ने
के सोध्ने आउदैन
सोच्छु
सानो केही कुरा टेढो भैदियो भने
बल्ल तल्ल के जोडिएको थिए
यसै गुमाउने पो हु कि?

यो बोल्ने रहरलाई
मेरो मन को डर ले लुटेर लग्यो
बुझ्ने प्रयास जारी रहला तर यो सब
एकलकाँटे तौरतरिका ले डुब्यो
परिक्षामा माया प्रेम के हो
सप्रसंग ब्याख्या गर भनि सोध्यो
10 नम्बर पनि आयो
तर जीवनमा लागू भने भएन
लजाउने बानीले सबैकुरा छुटेर गयो😂

- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment