Friday, March 25, 2022

झरी


झरी
आज तिमी
परी गयौ
आकाशै खुकुलो
हुने गरी
भन
बशन्त ल्याउँ छौ की?
हरीयाली छाउँ छौ की?
तिम्रो यो प्रयासलाई
झरी म,
झरे भनी
झरी बनी उर्याउँछाै की?

ए वादल
डग मगाउन
हल्का बिजुली
चम्काउन
चिसो योे
छिप्दै आउँछ
आउ यस्लाई
तर्रसाउन ।

बर्षा संग बात
मेरो
हामीलाई चाहिने
साँथ तिम्रो
बादल भित्र लुक्छौ किन?
हावा बनी
उडाई लग
असिना झै
चुटाई लग
हिउँ बनी
झरी बस्

धुलोमाण्डु शहरलाई
सफेदीमा पुर्न खस
बादल भित्र लुक्छौ किन?
देख्दा लाग्छ
उजाड भयो
अब खसे
दुई थोपा
टुसाउने यो
साँथ भयो
नपरे त्यो
उजाडमा
भाँच्न मिल्ने
हाँगा त्यो
हाँगा मेरो
हातै भयो
बादल भित्र छुप्छौ किन?
मझेरीमा सुत्छौ किन?
बिहानीको चहल पहल
पतझडमा लुक्छौ किन?
ए झरी
आई देउन
मेरो मनको
ढुक ढुकीमा
चिसो च्वास्स
बिझाई देउन
काने खुसी
हल्का फुल्का
स्वास पनि
फुलाई देउन
जीवन पनी
रंगी चंगी
साथ मेरा
साँथी संगी
झरी परे
छत्री छ
छत्री भित्र
म र झंकी
बात मेरो
बातै लाउँछु
कुरा मेरो
कुरै लाउँछु
सुन्न सक्छौ
सुनी बस
नसुन्ने भए
झरी खस्
म त कुरे
झरी लाई
हेर झरी
तिमी आयौ
आज मेरी
झंकी थन्की
आज मेरी
झंकी थन्की
झंकी मेरी
आजै थन्की ।

- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment