Tuesday, March 22, 2022

आउ माया गरौ



जीवनका यात्रा गरिरहँदा

किसिमका मान्छे हरु फेला पर्छन

कोही कसैलाइ देख्दैमा

उ यस्तो त्यस्तो भनि

मानसिकता बनाउँछन

होला नहोला थाहा छैन

तर पनि मानशिकता बनाउने सँङ्ग कस्ले सक्ने

कोही सँङ्ग वा बात गरेको भरमै

हाँसेकै भर मा माया बस्यो

म तिमी बिना बाँच्नै सक्दिन भन्छन

बस त्यो पनि मानसिकता नै हो

कोही केही दिन च्याट के भएको थियो

हाँस्यो रमायौँ त्यसकै भरमा माया लगाउने र

केही सानो तिनोकुराहरुमा रिसाउने पनि भेटिन्छन

त्यो पनि मानसिकता हो

त्यसैले यहाँ जीवन चलेको छ त केवल मनले

हामि रिसायौँ खुसी भयौँ कसैको दिल दुखायौँ

मायामा बस्यौँ बसायौँ पिडामा पस्यौँ पसायौँ मनको कारणले ।

आउ बात गरौँ

बर्बाद नगरौँ

माया गरौ

तर सम्झौता नगरौँ

जीवन जोवन मन दिल पायौँ तर

कसैलाइ यो त्यस्तो उस्तो भनि उसको ओचित्य सँहार नगरौँ । - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment