Friday, March 25, 2022

प्याला


आज हरेक कुरा

मेरो टाउको माथीबाट

गुज्रीराखेका छन

किन?

किनभनौ?

आजमैले एक प्याला

आफैलाई पिलाए

छिन मै

दिमाग सुन्न

भुईमा खुट्टा

हल्का डगमगाए

म आफै
I'm not a bird
but I can fly
I'm actually tired
but with this Pyala
I don't feel anything

जे छुँ,
म बवाल छुँ

आजको एक

प्यालाभिन्नै

प्यालाको शक्ती

प्यालानै ममै

तर म

अपरीचित हैन

मैले प्यालालाई



प्यालाले मलाई

नचिनेकोत हैन

तर आजको

प्यालाभिन्नै

दिनभिन्नै

आजको दिनको

सोच भिन्नै


खै खुसीको पो हो की?

तर के को

थाहाछैन

त्यो नभए

बियोगान्तीक

जरुरहुन सक्छ

तर होकी हैन

त्यो पनीछ

थाहाछैन


मन मग्न थियो

हावामा उडी राखेको

भानअनी

मष्तिस्कखाली

यै मेरो मस्तक थियो

हल्का उदारताको भाव

अलिमौनता

आजको एक प्याला

कयौँदिन देखी

मेरो ज्यानले

मागी राखेको

यो लुरे ज्यानको

ज्यालाथियो


चाहीएको शान्ति

प्याला पछि क्षणीक

रिंगाटा अनी

फनफनी घुमेको

मेरो मुन्टो

र शरीरमै हड्डी

नभएको छाती थियो


फेरी पनि भनौ

म बोल्दै बोलीन

लेख्न त प्यालालाई

लेखे तर

त्यसको राजखोलीन्

छेउको मोबाईलमा

पुरानो गितको संगालो बाट

गितबजीराखेको थियो

आज तिम्रो कुरा

चल्यो

मुटु भित्र छुरा चल्यो २

बल्लबल्ल भरेको

घाउमा

फेरी नयाँचिरा पर्यो

आजको प्याला

भिन्नै

क्षणमै

एउटा दुनियाँमा

क्षणमै

अर्को

केही समयमै

नयाँगित फेरीन्छ

तिमी बिना बाँच्नगाह्रो भो

मुटु दुखी रन्छ

सास फेर्न साह्रो भो

रात भरी छटपटीमा निदै पर्दैन

तिमीदेखी टाढाहुँदा बाँच्नै गाह्रो भो

म आजको प्याला

सँग मौनताको

कुरा गर्दैथिए

तर उस्ले

नभएकी उनीको

याद पनि दिलाउँदै थियो


आजको प्याला

आफैमा पागलपनको

शिकार थीयो

म मा चढ्नु

भन्दापहिला

एउटा बोतलमा

बन्द

गुम्सीएको

निस्के पछी

गिलासमा

खस्छु र

तिमीभित्र

पस्छु भन्ने

उस्को हठ


ततःपस्चात

अब म

म रहेन

सबै उ

र उस्कै

सरकार थियो



आजको प्याला

भिन्नै किसिम

र भिन्नै किसिमको प्रकारको थियो।

सत्य प्रकाश जाेशी (Satya Prakash Joshi)

0 comments:

Post a Comment