तुहिएका सपना



तुहिएका सपना
यो बलात्कार शब्द
शब्दकोषमा मात्रै सिमित रहेनअब
हरेक पत्रिकाको पहिलो पृष्ठमा
यिनि सीता नाम परिवर्तन
कलेजबाट घर फर्किदै गर्दा
माइक्रो बसमा नाम परिवर्तन रावण बाट
बलत्कृत भइन भन्दै लेखियो आज ।।
कस्लार्इ थाहा छ र यहाँ उनि
क्षण क्षण हरेकक्षणमा
कति कयौँ पल्ट बलत्कृत हुन्छिन भनेर ।।
उनि पनि सामान्यै थिइन
राति सुत्थिन
सपना सजाउँथिन
बिहान उठ्थिन
कल्पनामा रमाउँथिन
पलमैँ समय हुन्छ
सजाएका सपनाहरू जगाउने
जगाएका सपनाहरूलाइ
बिपना बनाउने
तर विश्वास
विश्वासको त के कुरा गर्छौ
कसै कसैकात
आफ्ना घरकानै तिँ कल्पनाहरुलाइ डुबाउने छन यहाँ
कसै कसैकात, घरकानै, मृत्युको सैय्यामा सजाउने छन यहाँ
र बाँकि रहे छिमेकी उनि हरु रिस र डाहा गरी रमाउने छन यहाँ
प्याँसा ब्वाँसाहरू, उनको आँङ् र लगाएका कपडाहरू हेर्दै
राल चुहाउने र आँखा गडाउने छन यहाँ ।
तर विश्वास
विश्वासको त के कुरा गर्छौ
माथि भने जसरिनै उनि हरेक दिन
सपनाबाट ब्युझनछिन, कल्पनामा रमाउँछिन र
हरेक दिनको सँघर्षले जीवन सजाउँछिन
घरबाट बाहिर पाइला अड्याउँछिन
आँखा निस्केलानझैँ गरि
उनले लगाएका लुगा हेरिन्छन
र उनको चरित्रलाइ खण्डन गरिन्छ
उनि अगाडि र हेर्नेहरू पछाडि भए
उनको आङ हेरेर, उनको इज्जत लार्इ बयान गरिन्छ ।

आज उनि सबेरै उठेर हरेक दिन जसरिनै आफ्नो कलेज तिर गइन
कलेजबाट फर्कदा अवेर भएछ र घर फर्किनलाइ, बसपार्क तिर कुदिन
माइक्रो खालि थियो, सोधिन दाइ माइक्रो कति बेला जान्छ
उत्तर आयो, ल बहिनि, अब त एक जना भएनि जाने हो
हसः भनिन्, चाँडै घर पुग्ने कल्पना गरिन
दुर्भाग्य, भाविले लेखेको किताब उनलाइ
आज, नाम परिवर्तन, सीता ब्वाँसोको सिकार भनेर बयान गरिएको रहेछ ।
मलाइ थाहा छ, उनिबलत्कृत हुनु लाइ
यहाँका ठुला ठुलामार्गदर्शिहरूले
कुनै जन्ममा केहि पाप गरेकि होलिन र
यो उनकै कर्मको खेल हो पनि भन्ने छन
यतिमात्रै कहाँ हो र, यो त उनको परिवारका
कसैले गरेको कुकर्मको, फलहो भन्नपनि कहाँ बाज आउने छन ।
उनको टाउकोमा हिर्काइयो
बेहोस भर्इन, एकान्तमा लगियो
उनलार्इ पछारियो, लतारियो
होसमा आइन, एउटा झापड फेरि बजारियो ।

मलाइ डर लाग्दैछ, सोध्न
किन हामी भित्रकै हवसको पुजारि
यस्तो भयावह स्थितिमा कसैलाइ पुऱ्याँउछ
किन बुझ्दैन कि उनिपनि
कसैकि, बहिनी, कैसैकि दिदि
कसैकी छोरी, कसैकि पत्नि र
कसैकोलागी बुढेसकालको सहारा हुन भनेर ।

हामित् विवेकसिल प्राणी
किन के सहिहो, के गलत हो
त्यसैलाइ बुझ्न आँखा तिरमिराँउछौं
मलाइ डर लाग्दै छ,आफैलाइ प्रश्न सोध्न ।
उनि होसमै थिइ, चिच्याइन करार्इन
तर कसैले सुनेन,
उनलार्इ निरभया जसरिनै कुटे, पिटे
मरणास्न्न अवस्थामा छोडे तर उनलाइ बचाउने कोइ पनि थिएन ।
उनको चाँडै घर पुग्ने कल्पना अधुरै रह्यो
उनि पटक पट्क बेहोस भइन
उनलेआफुलार्इ ढाक्न दुर्इ गज जमीनको
कर नगरेकि पनि हैनन्
तर उनको पैँतलामुनीको दुर्इ गज जमीन पनि
पटक पट्क, हर पट्क उनकै पैँतलामुनिबाट फुत्कियो
हरे उनको पैंतला र जमीन ।

उनि घटना पछि होसमा आँछिन
हल्का डगमगाउँछनि, सम्झना हुन्छ
उनले सजाएका सबै, सपना र कल्पनाहरू
विधुवाका चुडी फुटालीएझैं चक्नाचुर भए
सिउँदोको सिन्दुर मेटिएझैं अपुर भए
मेरोलागी दिन दिनै हुने यस्ता घट्नाहरू
पत्रिकाहरूलाइ, आगोमा होमिने कपुर भए
अझै, पिडाकोत के कुरा गर्नु
सम्झिननै डर लाग्छउनकालागी
उनकालागी असयहय कैले नमेटिने काला डामहरू भए
प्रत्रिकाहरूलाइ छापिने भावनार पाठकहरूलाइ सम्झिन भयाबह डोबहरू भए ।

हेर छोरी
म तिम्रो बाबा
मलाइ बिश्वास नगर कि म बाउ भनेर
म कोहो मलाई नै थाहा छैन
मेरो कर्मकोस्वरुपको
कस्तो प्रकारको छ थाहा छैन।

हेर् बहिनी
मलार्इ पनी माफ गर
मलाई पनी बिश्वास नगर कि मदार्इ भनेर
म कोहो थाहा छैन
मेरो पापि स्वरूपको कस्तो प्रकार छ थाहा छैन।

हेर बुढी
हो म तिम्रो प्रिय तर
मलाइ पनी बिश्वास नगर
किन कि थाहा छैन
मेरो सोचाइको प्रकार कस्तो छ भनेर ।

हो हो हौं हामि तिम्रा छिमेकि छोरी तर
हामीलार्इ पनि बिश्वास नगर
कि हामी राम्रा हाम्रा भनेर ।

हेर् साँथी, तिमी मलाइ धेरै नजिकको मान्छ्यौं
तर मलाइ पनी बिश्वास नगर कि
मेरो नजर राम्रो छ भनेर ।


हो म तिम्रो गुरू
तर मलाइ पनी बिश्वास नगर कि
मैले तिमीलार्इ बिध्यार्थीकै हैसियतले हेरेको छुँ भनेर ।


हो हामीहरू यसै समाजका भित्रका मान्छे
तर कसैलाइ पनि बिश्वास नगर कि
यो सारा सामाजत मेरो आफ्नति हो भनेर ।


सोज बिचार गरेर सबैलाई चिन्न सिक
को आफ्नो को पराया भनेर ठम्याउन सिक
मलाई थाहा छ आज कयौँन पिडा छन
तर हरेक ति बिवसहरुलाइ निन्द्रा बाट ब्युझाउन सिक
ति तुहिएका सपनाहरुलाई लम्ब्याउन सिक ।

-Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments