पतन



कदम कदम मा दम्भ मेरो
कदम कदम मा घमण्ड मेरो
मलाई
आजको चारो पुगे भयो
कसैलाइ सन्चो बिसन्चो
खायौ खाएनौ
मलाई यिँ सबको के मतलब
अरुले
नम्र भावमा सोधे पनि
यिँ आँखाले दर्शाउने माया पनि प्रचण्ड मेरो ।

रहर रति
अहँ
रहर त अति
प्रहर कति?
सालिन देखिन्छु
मेरा नयन नसा भावना
कर्म र मैले देखाउने मर्ममा पनि
अहङ्कारको थुप्रो सयौँ गुणा जती ।

हो
यो अत्ति छ
यहि त मेरो बर्वादिको गति हो
थाहा छ
म पनि कस्तो अबुझ!

अहँ
के यो मैले
म आफैलाइ भने?
मैले भनेनी
मलाई धेरै कुरा थाहा छ
हुँ हुँ हुँ
यो पनि मेरो घमण्ड हो
त्यो पनि मलाइ थाहा छ ।

के कहर
के रहर
नामऽकामऽदाम
उमेरऽज्ञानऽसमयऽआदरऽसम्मान
यि सबैकुरा म बाट
भईहाले भने
मै भन्छु
मै हुँ भग्वान ।

उ म र उसका भावना
म उ मेरा र उसका कामना
कसम मैले प्रथम पटक
म भन्दा पहिले उसलाई
सम्बोधन गर्दै छु
यो सब के देखावटी हो
या साँच्चै मेरै सेखी र मपाइको दुर्गति हो?


- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments