Friday, March 25, 2022

नाजुक दिल



नाजुक होला दिल तर

मन दह्रो बनाएर बस्या छु
कि हर पल तिमी लाइ नसंम्झु भनेर ।

थाहा छ तिमीलाइ मैले कति पल्ट भने
म त तिम्रै हुँ, तर तिमीले वास्तानै गरेनौ ।

म सुत्दा तिमी, उठ्दा तिमी
अहिले त प्रविधिको जमाना
फेसबुक खोल्छु, मेसेज आयोकी
भनेर हेर्ने मेसेन्जर, भाइबरमा पनि तिमी ।

गितहरू पनि सुन्छ बिभिन्न खाले
मायाका परे, हरेक मर्म स्पर्सी शब्दहरूमा तिमी
उसले बयान गरेका हरेक तर्क हरूमा तिमी
गितमा छरेका हरेक स्पर्सहरूमा तिमी ।

(मन दह्रो बनाएर)

भावनामा बग्छु होला म तर थाहा छ?
कल्पनामा पनि सोच्न छैड्दै छु नि तिमीलाइ
सपनामा पनी भुल्न खोज्दै छुँ नी तिमीलार्इ

(न्याउँरो हुँदै)

याद छन मलार्इ तिम्रा ति निरमोही आँखाहरू

(स्वास फुलाएर)

तर अहिले, भुलेर पनि आँखामा, आँखा जुधाउने
प्रयाश रोक्न खोज्दै छुँ, नि बुझ्याै?

के लाग्छ तिमीलार्इ,
कि मेरो माया एकोहोरो थियो? हँ?
मैले मात्रै मन पराउँथे होला त तिमीलार्इ?

अँहः, हैन, मलाइ अझै याद छ, तिमिले
लाएको मायालु काउकुति, संगै बसेर
सुरमा सुर मिलाइ गाएको गित ।

म पनि मन मनै रूँदै छु
सक्छेउ भने रोर्इ देउ तिमी नी एक छिन

तर हैन,

मैले बल्ल बुझ्दै छुँ
तिमिलाइ मेरो माया बुझ्नै गाह्रो भयो
ठम्याउनै साह्रो भयो ।

मेरा भावनाहरू
आँसुहरू कहाँ बुझ्न
सक्छेउ र तिमी

कहाँ रून सक्लाउ र
मैले रोए सरि तिमी
मेरो त आँखाबाटै
आसु झरेका थिए ।

मेरो प्रश्न झर्लान त
तिम्रो मन भित्र तिँ सुनकेसरी आँसुका थोपा?

के बग्लान त तिम्रा तिँ मायाका धमनिहरूमा
मेरा छल्को मायाका तस्विर हरू? जस्ले तिम्रा
तिँ गहहरूमा आँसु डोऱ्याउन मदत पुऱ्याओस ।

मलार्इ बिश्वास छ,
जुन दिन तिम्रा तिँ धमनीहरूमा
मेरा तस्विरहरू बग्न थाल्ने छन
त्यो दिन मेरो जीवनको हरेक क्षण सर्थक हुने छ ।
मलै यिँ तिम्रो बयान गर्दै लेखेका शब्दरू
कुने अर्तनाद मनका केवल क्षणीक भावनाहरू
मात्रै हुने छन ।

तर अहिलेलाइ, हँ हँ हाँस्दै छु म
तिमीलार्इ सम्झेर
किन थाहाँ छ?

मलाइ थाहाँ छ,
पिडा त तिमीलाइ पनि
हुन्छ होला भनेर,
तर मैले तिमीलाइ कठोर
निष्ठुरी भन्न खोजेको हैन नी बुझ्यौ?
मैले भनेनी, मलाइ त्यो पलको मात्रै
इन्तजार छ, जुन पल तिम्रा तिँ
धमनीहरूमा मेरा तस्वीर हरू वग्ने छन ।

- Satya Prakash Joshi

0 comments:

Post a Comment