Friday, March 25, 2022

नयाँ जोवनमा



हे

भमरा झुल्यो हजुर नयाँ जोवनमा [2]
बशन्तको हरियाली
र‌ंगीचंगी ठाँउ
ग‌ंगाबाट मुनी हेर्दा
स्वर्ग जस्तै ठाँउ

हे
भमरा झुल्यो हजुर नयाँ जोवनमा [2]
वारी डाँडा पारी डाँडा
बिचमा छ गाँउ
सप्तरंगी किरण झार्छ
सुर्य त्यसको नाउँ

हे
भमरा झुल्यो हजुर नयाँ जोवनमा [2]
यता उती मान्छे हेर्दा
कामैमा भुलेका
उन्नति र प्रगतीको
शिखरै चुमेका
शिखरै चुमेका

हे
भमरा झुल्यो हजुर नयाँ जोवनमा [2]
देश यस्तो उस्तो भन्छन
हेक्का छैन तिनको
मायो रोपे माया फल्ने
काँडा होइन रिन्को

हे
भमरा झुल्यो हजुर नयाँ जोवनमा [2] - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment