Friday, March 25, 2022



म को? म किन?
म म मै सिमित हो म!

म कहाँ?
म कसरी?
जहाँ लुकेको छु
त्यही हो म!

म कहिले कहाँ?
र कस्कालागी?
किन?
यो सबै अहंकार हो म!
तर पनि
म लुक्छु
म झुक्छु
तर
मेरो साधना
गर्ने हरूको लागी
एक तर्फि सरकार हो म्
साधनानै
अर्थ लाग्ला तर
सफल हुनेहरूका लागी
गुणगान हो म्

म पिडा
म टुक्रा
म लुकेको दुःख्
भित्रको संसार हो म्

म झुटो
भित्र लुक्ने

साँचो संग खुल्ने
छन्कार हो म्

लुकाउनेहरूका लागी
आगो

बुझाउने हरूका लागी
बाटो
त्यही कृष्ण
सत्यको साँथ
असत्यको मात
तर
महाभारतको युद्ध
जस्तै सुरूवात हो म ।

म को
म कहिले
म कस्कालागी
म कहाँ
म कसरी
म किन
उपस्थित हुनु?
हो त्यही भ्रम

स्वार्थी
प्रकार हो म् ।

जो होस्
सो होस्
ए मुर्ख देवता
भयो सक्दैनस्
हो
त्यही धमण्डी
कंकालहो म् ।

एक कान
दुर्इ कान
चारै तिर हेर्दा
तरार्इ जस्तै
मैदान, हो म्

उकाली
अोराली
ठाडो हेर्दा
पहाढ जस्तै
लाग्ने चट्टान हो म्

लेक
र बेशी
गल्ति गर्नेहरूकालागी
हिमाल जस्तै
अडिक
पहलवान हो म् ।

मसान धाँटमा सैतान
कुकृत्यमा हैवान
म मृत्यु अगाडी
स्वार्थी र बैमान
राम्राहरूका लागी
सत्य पनि
अपमान
लुकाए लुक्ने
छुपाए छुप्ने
तर एक न एक पल्ट
अवश्य पाक्ने
पकवान हो म्

- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment