Gossip

रहर ले माजिएको हैन,
कहर ले तासिएको हैन,
गहिरा डोबहरु छन् यहाँ—
जहाँ हरेक “मीटिङ” ले जीवन भन्दा ठूलो देखाउँछ PowerPoint स्लाइड।

बॉस भन्छ— “Team spirit चाहिन्छ”,
तर Bonus को spirit उसैको पेटमा मात्र जान्छ।
अफिस politics यहाँ, क्रिकेट भन्दा रोचक,
प्रोजेक्ट भन्दा Gossip नै यहाँको मुख्य प्रोजेक्ट।

कहिले HR को नाटक,
कहिले Manager को Attack,
काम गर्ने मान्छे हराउँछन्,
Report मा मात्र देखिन्छ Track।

हास्न मन लाग्छ,
तलब भन्दा Coffee machine छिटो बढ्छ।
Promotion चाहिने हो भने,
काम होइन— boss को Joke मा ताली चाहिन्छ।

“Work-life balance” भन्छन्,
तर Life?— Overtime को file मा हराउँछ।
Mental health को poster टाँसिन्छ भित्तामा,
तर Depression को leave माग्दा— “Target पुरा गर” भन्ने आदेश आउँछ।

Corporate भित्र कुरा अर्कै छ—
Email मा “Best Regards” लेखिन्छ,
तर Corridor मा regards भन्दा ठूला तिखा नजर फ्याँकिन्छ।

Society ले भन्छ— “Job छ भने सम्मान हुन्छ।”
तर Office भित्र dignity, respect—
Attendance log मा clock-in जस्तै Tick मात्र हुन्छ।

कागजमा Vision, Mission, Value—
Reality मा Division, Competition, Battle।
Employee लाई family भनिन्छ—
तर Resignation पत्र आयो भने,
Family फोटो झिकिएर Delete गरिन्छ।

हास्यास्पद होइन त?
Boardroom मा strategy— chess जस्तै खेलिन्छ।
Pawn हरु sacrifice हुन्छन्,
King र Queen मात्र बाँचेर Hero भनिन्छ।

कसैको आवाज दबाइन्छ,
कसैको Idea चोरीन्छ,
तर अगाडि राखिन्छ तस्बिर,
“Employee of the Month”—
जसले PowerPoint को फन्ट change गरेको हुन्छ।

मानसिक पीडा यहाँ KPI जस्तै अटोमेटेड,
मौन पीडित हरु,
Zoom meeting को mute बटन जस्तै— सदैव Off।

सामाजिक बोझ अर्कै छ—
Job छ भने बिहे सजिलो हुन्छ भन्छन्,
तर Reality?—
Job ले घरमा कुरा मिलाउँछ,
मानसिक तनावले पलंग च्यात्छ।

तर म हाँस्छु—
यो Corporate नाटक देखेर,
यो Office circus देखेर।
Boss ले Feedback माग्छ,
तर Feedback feedback file मा मात्र सजिन्छ।

त्यसैले म भन्छु—
यसलाई गम्भीर लिनु मूर्खता हो,
यसलाई व्यंग्यमा हाँस्नु बुद्धिमानी हो।

किनकि यो प्रणाली
Reality भन्दा Drama बढी छ,
सत्य भन्दा Strategy बढी छ।
आफूलाई गहिरो डोब जस्तो बनाऊ,
नत्र Office politics ले
Lotus भन्दा पहिला तिमीलाई Fake perfume बनाउँछ।



Post a Comment

0 Comments