उग्रवादी
उग्रवादी—
शब्दमा शान्ति बोल्छ,
कुरामा नैतिकता बोक्छ,
तर हातमा पेट्रोल बोकेको हुन्छ।
उसको छातीमा देश टाँसिएको हुन्छ,
तर देशभन्दा ठूलो उसको Ego हुन्छ।
उसको मुखमा धर्म टाँसिएको हुन्छ,
तर धर्मभन्दा ठूलो उसको व्यापार हुन्छ।
उग्रवादी—
रक्तदान गर्दैन,
तर रगत बगाउन Ready हुन्छ।
शब्द बुझ्दैन,
तर नारा गाउने मास्टर हुन्छ।
उसको आँखामा भविष्य छैन,
तर अतीतलाई PhD जस्तै बोकेको हुन्छ।
उसको घाँटीमा “सत्य” लेखिएको हुन्छ,
तर कानमा झूटको headphone लागेको हुन्छ।
उग्रवादी—
बालकलाई प्रेम होइन,
भविष्यको “सिपाही” देख्छ।
महिलालाई मान्छे होइन,
“संस्कारको पर्खाल” देख्छ।
बुढालाई अनुभव होइन,
“बाधा” देख्छ।
उसको संसार दुई रङमा मात्र हुन्छ—
कालो वा सेतो,
देवता वा शैतान,
साथी वा दुश्मन।
तर यथार्थ
धेरैथरी रंगमा नाचिरहेको हुन्छ।
उग्रवादी—
भन्छ: “हामी मात्र शुद्ध छौं।”
तर उसको जिब्रोमा गाली हुन्छ,
उसको हातमा घाउ हुन्छ,
उसको मुटुमा ताला हुन्छ।
उसको शक्ति—
मौनलाई डराउनु हो,
कमजोरलाई दबाउनु हो,
सत्यलाई बक्र्याउनु हो।
तर paradox यही छ—
उसले जिते पनि हार्छ।
किनकि हिंसा
हिँड्न सक्दैन,
बस दौडिन्छ—
तर भोलि चिप्लिन्छ।
उग्रवादी—
ढुंगा फ्याँक्छ,
तर भविष्य भत्काउँछ।
आगो बाल्छ,
तर आफ्नै घर जलाउँछ।
0 Comments