Sunday, February 12, 2023

दुःख

उता कतै आगो दन्की राखेको छ
यता मनमा कस्तो चिसो पसि राखेको छ
बहाना कत्ती बनाए
बहानाले नै जीवन पग्ली र पखाली राखेको छ
उनीहरु भन्छन
याँ का उस्ता
त्याँ का उस्ता
हाम्रै गाँउ समाजका
उ उस्ती
त्यो त्यसतो
उहाँको उसतो
उनीहरुको त्यसतो
म भन्छु बस सुन्नुस न
यहाँ यो जीवन पनी पाउन कहाँ छ र सजीलो
दुःख त क्षणमै दिन सकिन्छ
माया पाउन के दुःख जस्तै छ रसिलो
भन्नुस त
गम्भिर भएर हेरेँ
सोचेँ नियाँले
मननै त हो
एक्लै बस्न
एक्लै सोच्न आहा कस्तो सजीलो
बाधा अडचन
पिर तडपन
सबै म सँग र सबै म सँगै कसिलो



0 comments:

Post a Comment