Wednesday, November 30, 2022

मानसिकता

एउटा कविता काे आधार के हुन सक्छ?
मायाऽ ममताऽ अथवा जीवन?

तपाइ भन्नुस न
के हुन सक्छ ।

देखाइ र भाेगाइकाे आधारमा 
भन्ने हाे भने जीवन हाे ।
 
जीवन छ र पाे सबै कुरा धेख्न पाइन्छ
भाेग्न पाइन्छ ।

मिठाे लाउनऽ
मिठाे खान
जीवननै भए पाउने हाे ।

हैन र ?

ल अब 
बस मैले साेधे 

उहाँकाे जीवन कहाँ गयाे
के भयाे
कसरी मानसिकता फेरीयाे
कसरी मानसिकता गुम्याे
कसरी उहाँले बाेल्ने शब्द भताभुङ्ग भए
कसरी शब्दहरु फेरीए ।

कसैले चाल पाएकाे छ ? 

छैन । 

किन
आधारकाे आधार
परिवार
स्वार्थि परिवारकाे आधार
पैसा
पैँसाकाे मातमा जिवन रमिता
जिवनमा घरपरिवार
तर घरपरिवार भित्रै रमिता । 

त्याे सब सम्पत्तिकाे लागी

वाह

क्या मज्जाकाे परिवार । 

तिमी समय सम्हाल
धेरै बाँकी छ
जीवन देख्न
तिमीले सकेछाै भने परिवार र मानसिकता दुवै सम्हाल ।

आँखिर तिम्राे जीवनकाे 
पनि 
रमिता हुन बाँकि छऽ

त्यसैले जसले जे भने पनि
देखावटी गर् 
मानसिकता लुकाउ वा छुपाउ
तिम्राे सबै सँग याे नबताउ कि
तिमी तन मन धन सँगै जीवित छाै
अलिकती भए पनि जीवन जाेगाउन छ भने
घुसखाेरी र धादली
जाेर साेर गरी लगाउ । 




0 comments:

Post a Comment