मलाइ थाहा भएको प्रेम

मलाइ थाहा भएको प्रेम के हो?

प्रेम एक अज्ञानतामा आगो लगाउन
ज्ञान हो ।


प्रेम एक मौनतामा पनि बाढी ल्याउने
बर्षात हो ।


प्रेम एक भावनाहरुको समुन्द्र हो

जहाँ भावनाहरुको एक आपसमा
टकरार हुन्छ

यदि दुवैले साँथ रहन चाहे भने
मिलन पनी
नत्र
दुवैको तनावले तुफान
ल्याउन सक्छ ।

असपासका बस्तीहरु
पनि उनीहरुकै भावनामा
समाधी बन्न पुुग्छन ।


कि प्रेमले बनाउँछ
कि प्रेमले बनेकोलाइ भत्काँउछ


होला प्रेम रहर सबैको तर

अधिकतम यस्लाई
सामाजले भत्काउँछ ।

म यस्लाई कसरी ब्याख्या गरौ
म त नेपालीमा लतारी लतारीदै परीक्षा पास गरेको मान्छे ।

मलाई शब्दमात्रै थाहा छ ।



Post a Comment

0 Comments