Thursday, December 1, 2022

चुनाव

चुनाव आयो चुनाव आयो

अर्थतन्त्र डामाडोल

भोट माग्न हिडेका

नेताहरु काम चोर ।


चुनावको बेलामात्रै

भुक्नु जती भुक्छन

भोटमाग्न भनेपछी

कुकुर बिरालो

सबकै खुट्टा ढोग्छन ।


हामी पनी भेडाहरु

मासुभातमै बिक्छौँ

नेताहरुले लुटेपछी

मात्रै हामी सिक्छौँ ।


यत्रो बर्ष दुख दिए

कहिले हामीले बुझेनौँ

देश द्रोही कामचोरहरुलाई

कहिले हामिले कुटेनौँ ।


ए तेरीमा टोक्ने

देश बनाभनेर पठाएको हो

देश लुट्न भनेर हैन

१० बर्षे जनयुद्दले

देशलाइ बिकासको

खडेरी सम्म पुगायो

अझै पनि तिमीहरुका आँखाहरु

खुलेका छैनन् । 


भतुवा कामचोर हरु

अलिकति भए पनि देशको राम्रो सोच ।


हिजो आज हेर्यो कति धेरै महँगी ।




0 comments:

Post a Comment