Sunday, November 13, 2022

यहिहाे है जन्मदिनकाे रमाइलाे ?



सानाे छँदाँ
घिस्रिएर हिड्ने गर्थे म

अलिकती ठुलाे भए
उफ्रिएर हिड्ने गर्थे म 

उमेरले अलिकती माथि
उकाल्याे
जिम्मेवारिका ढुङ्गाहरु
बाेक्दै बाहिर  निस्किए

जीवनलाइ समयहाे
यहि समयलाइ रमाउनु पर्छ
भनि रमाउदै गए

जहाँ जहाँ
ढुङ्गाहरु
त्यही त्यही
मेरा पाइला
आज मैले १ बर्ष थपे
बुढाेहुनु भन्दा पहिला

सबै
मस्तसँग हाँस्दै  थिए
मिठाे माहाैल देखर
टेबलमा २ वटा केक
कतिबेला काट्टिन्छु र
प्लेटमा जान्छु भनेर आँतुर भैसकेका थिए ।

एकै छिनमा सबैले
एकै स्वरमा
Happy Birth Day to You
Happy Birth Day to You
Happy Birth Day to You
Dear Dear
Happy Birth Day too You

भन्दै ल चाँडाे चाँडाे के काट्न
मलाइ थप्नु पनी छ भने ।

यहिहाे है जन्मदिनकाे रमाइलाे ?

0 comments:

Post a Comment