आत्माकाे बाटाे


तिम्राे त्याे मुस्कानमा पनि
आत्माकाे बाटाे छ है भनि
खाेजी रह्नछु  ।

आजै है राती
निदरीमा
परेली
झिम्काइ
बाेली रहेथ्याै ।

आज हेर त्याे आकाशले पर्दाउठाएकाे छ
लाै हिड तिमी र म उत्याे  हिमालपारी भागी जाँउ
के भन्छाै जानेहाे त म सँग त्याे  हिमालपारी?

माया छ है
भन्ने आसमा
म त निन्द्रामा
उफ्रिरहे थेँ
उफ्रिरहे थेँ ।

माैका छाेपी
सपनीमै
मैले पनी जाउँन त
भनिदिए

सुसेलेकाे माैसम
बादलका पर्दाहरु
बेमाैसमी खयालहरु
सँगीतका सातै सुरहरु
मेरैलागी नाचीरहेका हुन की?

मत यही साेच्छु
तिम्राे त्याे मुस्कानमा पनि
आत्माकाे बाटाे छ है भनि
सपनामै भाैतारी रहन्छु ।

ब्यग्र ताण्डव
उदण्ड मनाेभाव ले फेरी
हिजाे राती सपनीमा देखे जस्तै लाग्छ
माया नै हाै की? के हाै
तिम्राे मुहारत भेटेजस्तै लाग्छ
पानि पर्याे अँधेरीमा
बिजुली आकासमा
तिमी रैछाै उडेकी बतासमा ।

तिम्राे त्याे मुस्कानमा पनि
आत्माकाे बाटाे छ है भनि
खाेजी रह्नछु  ।

- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments