
उ सँग बात यस्तो भयो कि आजभोली दिननै रात लाग्छ र रातनै दिन । म सम्झि दिन्छु मननैऽ रोइदिन्छु दिन दिनै । आजभोली यो मनले भन्ने गर्छ तँ ठुलै नसाको शिकार भएछस बिचरा । अब तँलाइ यो जेलबाट निस्किन कुनै कानुनले पनि मदत गर्ने छैन । बस सक्छस भने मन सँगै सम्झौता गर ।
तिमीले यो मनलाइ दोहरी खेलाएर गयो
भन किन तिमी आयौ र
मायाको बिष पिलाएर गयौ ।
कुर्दा कुर्दा
साँझ भयो
भन किन तिमी मेरो मनमा
तडपी रहयौ ।
झल्यास बिजुली चम्क्यो
तिम्रो मुहार जस्तै
आकृती
दौडिएर हेरे
मौन भए
अब आँसुनै मेरा सम्पत्ती ।
- सत्य प्रकाश जाेशी (Satya Prakash Joshi)
0 comments:
Post a Comment