ऐंठन




यो रात, आउदा पनि ऐंठन हुन्छ,
त्यो दिन, धाँउदा पनी ऐंठन हुन्छ,
के गरू, कसो गरू,
सारै गारो हुदो रैछ,
सुत्दा पनि मलाइ हेर,
सोच्दा पनि मलाइ हेर,
कुराले घोच्दा पनी मलाइ हेर,
यो मनलाइ फ्याट्टै रोक्न सकुँ बरू,
यो मुटुलाइ च्याप्पै च्यापन सकुँ हातले बरू,

यो जीवन लाइ, झ्याप्पै रोक्न सकुँ श्वासले बरू,
मेरो त्यो ऐंठने अन्त, यतिकैमा बिलाउँछकी,
माया मारी टाढा गए, सपनीमा हराँउछकी,

देखेका सपना हरू, पुरा नभए सम्म,
मुठुको ऐंठन ले मार्छ,
मनमा खेलेका कुरा हरू, पुरा नभए सम्म,
त्यो मनको ऐंठनले मार्छ,

त्यो मन, मुटु को ऐंठनको अन्त कहिँ भेटिएलाकी
कतै मेरो त्यो, भोको ऐंठनको प्यास मेटिएलाकी,

कैलेकाँइ सोच्दै बस्छुँ, यो त अब धेरै भयो,
घिटि घिटिएको जीवनको बाटो फुकाल्दिए भयो,
त्यो हराएको मायाको आशलाइ पनी धकाल्दिए भयो,
मनको त्यो बिथिति बेदना लाइ पनी समुन्द्रमा खसाल्दिए भयो,
माया, ममता र त्यो मोहलाइ, हल्का आगोमा पगाल्दिए भयो । - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments