शहिद



उ म भन्दा बलियो थियो,
तर मलाइ मर्ने डर थिएन,
च्यापीने कुनै रहर थिएन,
भागी हिड्ने कुनै, ठहर थिएन,

तर म डटेर लडे,
दुइ चार हात मैले पनि जडे,
ढाल्न सक्नेलाइ हातले ढाले,
नसक्ने जति लाइ खुकुरी ले फाले,

एक्कासी, आकाशमा बादल गम्कियो,
ठाँउको ठाँउ बिजुली चम्कियो,
फेरि पनि मलाइ डर लागेन,
नेताहरूको मलाइ भर लागेन,
मर्नु निश्चयनै हो, थाहा थियो,
मेरो मृत्युको कुनै कर लागेन । - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments