Friday, March 25, 2022

रचियता - २



म जीवनहुँ
म नै जीवनहुँ
म बारबार मर्छु
म बारंम्बार जन्मनछु
म हर बार आफैलाइ
कोसने गर्छु
म हर बार
बिर्सिएर आफैलाइ
खोज्ने गर्छु
म हरेककाखुसी
बोक्ने गर्छु
र हरेक का खुसी
खोस्ने गर्छु
म नै भग्वानहुँ
म नै सैतानहुँ
म राहु केतु
शनीमंगल
नाडी, दोश
अवगुणी कलंक
मनै महानहुँ
म जीवनहुँ
म नै जीवनहुँ
मेरो स्वरुपशुन्य छ
देख्न त मलाई
कसैले देखेको छैन
तर पनि
महसुस गर्दा
कालो गोरो, स्वेत
जस्तो भएपनि
म हरेक
कणकण मा छु
हरेक जीवित
सजीव
निर्जिव
मै हुँ
हरेक मृत पनी
मै हुँ
जन्मिनछु र पो
म जीवनहुँ
मर्नु छ भनेर
मैले नै लेखे
र पो
मृत्यु बोकेर हिँडछु
म नै बहरुपियाहुँ
म नै रचयिता
म नै महानहुँ
म भग्वानहुँ
म शैतानहुँ

आजकल
जमाना फरक छ
अब त म
पैँतलामुनी
पुगी सके
तर
पैँ ला म थिए
मातापिताथिए
अब
सबैको भग्वान
शराव छ
यहाँ धेरैको बानी खराब छ
बिहान उठदा देखी
बेलुकाधुदा सम्म
यो कल्कीकोजमानामा
कल्की ले हैन
यो जातमानव नै कल्की
कल्की को प्यास मेटाउन
त्यही त हो
भने नी
यो शराब छ ।

यो दुनियाँमा
कई छन कुरा
भिन्नै प्रकृती
भिन्नै भावना
अनि सबैको
मनमाधारीलो छुरा
यो पहिले नै
भनेको थिए मैले
फरक त्यो
फरक म

फरक रचयिता
यो दुनियाँमा
कई छन कुरा
म हराँए
मेरो स्वरुप हरायो
सँस्कृतीपनि
अनिबाँकी रह्यो
सबैको मनमा
पाप र घमण्डका कुरा
सोच्दै छुँ
कयौँ अर्सा देखी
के गरौँ
कसो गरौ
कुन स्वरुपमा र्फकौँ
कि कतै
गएर बुद्धझैँ
भावनालिएर
यो सँसार सँग
किन यस्तो
कि यो उस्तो
भनि बे झिजक गर्जाै
तर
फेरी लाग्छ
एक छिन पर्खौं
म नै रचयिता
गँगा माँथिबाट
हेरेर यो सबैको
मुल्याँकन गरौँ ।

हँहँहँ
Oh my god
Oh my god

हँहँहँ
तर फेरी सोँचे
म त पागलकवि
अघिल्लको पल्ट
सोच्दै थिएकि पुरै
एक
कविता लेखीदीउँ
यो जगतका
सारा समस्या समेटेर
यिँ कहलिने रचयिता
भग्वानलाई
एउटा इमेलमा
लपेटी दिउँ
दुई चार दिन देखीको
अनिधो म
ज्यानमा हड्डीनै
नभएको कलिलोम
एक पल्ट बसेकै
खाँटमा ढले
यसरी हुन्नभने
फेरी जुरुक्क उठे
कम्बल तानेर
भुसुक्कनिदाए
यस्तै हुँ म रचयिता । - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment