Friday, March 25, 2022

मसाल



जन्म देखि अन्त सम्म
कयौँ कथाहरु
चलि रहे
बगी रहे
बारम्बार सपनामै म
सपनाहरु सँगै
झसँग झस्कि रहे
उहाँ सँग उधारोमा मागेको जीन्दगी
म मेरा जीवनका बहार हरु सँग
ऋतुहरु जस्तै परिवर्तिनशिल
हावा जस्तै बेगमा
सुर्य जस्तै ताप
देख्दा गतिहिन
अवस्थामा दौडी रहे ।

उमेरले चेपिरहेको
अवस्थामा पनि
कयौँ गल्तिहरु
भावना
कल्पना

बेथिती सपनाहरुको
एक्दै
सामना गर्दै
म नै म हुँ र
म मै हुँ भन्ने
अभिमानमा बाँचिरहे ।

वाह सम्झाउ हो
कोही
कि
जीवनको यात्रा
अझै बाँकि छ ।

- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

0 comments:

Post a Comment