Thursday, December 1, 2022

Time टravel - समय Yaत्रा

म लगभग रातभरी ब्युझोनै थिए केहि केस स्टडीहरु हेरी राखेको थिए कुनै बेला टिकटक भने कुनै बेला केही, 

केही समय पस्चात निदाउनु पर्छ जस्तो लाग्यो र निदाउन पल्टीए एकछिन फेरी निन्द्रालागेन, एकछिन फेरी मोवाइलमा केही हेरे, साना कविताहरु लेखेर कसैले लेखेका कविताहरु पढदै बसे केही बेर अनि निदाएछु । 

आँ चिम्म गरेको केही समयपछि मलाइ निद्रालागेछ । तर फेरी केही ३० ४० पछि मम्मीले उठेर चिसोभएन त्यो कम्बल पुरै ओडेर पढ भन्नु भयो अनि एकछिन निद्रा खुले जस्तो भयो तर मैले निद्रामै अ हुन्छ भनेर फेरी निदाए । 

अब निन्द्र एकदमै चरममा थियो र ५ र १० मिनको अन्तराल पछि मैले फरक महसुस गरे म कुनै अरको दुनियामा टेलीपोर्टभए जस्तो । हुन त मान्छेहरुको अडकलले त्यो सपनाहो भन्लान तर मैले त्यो भित्र महसुस भएको जस्तो अनुभुती गरी राखेको थिए । 

त्यस्तो अर्कै दुनियामा पुगे जस्तो देखेपछि पहिले दृस्य मेरो घरको आँगन थियो मम्मि हजुर बुबा र हजुर आमालाइ मात्रै त्यो दृस्यमा देखे । अरुकुराहरु त्यो ठाँउको धेरै अवलोकन गर्न पाएन तर त्यो देखे तर उहाँहरुले मलाइ देख्नुभएन । 

मलाइ समयमा धेरै पहिले गएको जस्तो अनुभुति भइराखेको थियो मेरो उमेर म अहिले जुनउमेरमा सुतिराखेको छु त्यही थियो तर म समयमा पछि गइराखेको जस्तोनै थियो किन भने मम्मीलाइ उमेर लागेको जस्तो देखिन र त्यस्तै हजुर बुवा हजुर आमालाइ पनि देखे । 

अहिले र पहिलेको दृस्यलाई फेरी अवलोकन ठटोलेर हेर्ने हो भने घरमा दुइवटा खला छन । पश्चिमेली भाषमा आगन, एउटामा अन्न बाली हरु सुकाउन प्रयोग हुने रहेछ अथवा थियो भने अर्काेमा गाइ वस्तु बाँध्नलाइ । त्यही गाइबस्तुबाँध्ने खलो को चेप र अन्न बाली सुकाउने खलोको चेपबाट निस्किएर एउट मौसमीको रुख थियो । 

ठ्याक्कै दायाँ तिर तल्लो खलोमा जानेबोटोको छेउमा एउटा सेतो ढुङ्गाछ र हो म त्यसको केहि हाइटमाथि हावामा तैरिराखेको थिए ।

मलाइ याद भए सम्म त्यो भित्र छिरेको समय बेलुकाको जस्तो थियो खलामा खासै केहि थिएन । 

मम्मी गोठबाट बाहिर आँउदै हुनु हुदै थियो, हजुरबुवा वायँबाट भित्र जाने ढोका छ र त्यो छेवैमा हलुवादेवको रुख छ त्यो छेवै बाट केहि कुरा समातेर आँदै हुनु हुदै थियो । 

हालको समयमा त्यहाँनेर सानो भ्युडो जस्लाइ मैले र हजुरआमाले खस्नै लागेको भ्युडोलाइ मर्मत गरेर फेरी बनाएका थियौँ तर मैले महसुस गरिरहँदा त्यो थिएन जस्तो लाग्यो । 

र खलोको छेवैमा जहाँ अहिले एउटा अर्को भ्यउडो छ, जुन सेतो ढुङ्गामा अढेसलिएर बसिराखेको छ, त्यो ढुङ्गाको मुनि धेरै बर्ष देखि आगो बाल्ने र खोलानी पकाउने भएर अहिले कालो मोसेले पुरै कालो भइसकेको छ र अनि छेवैमा अम्बाको रुख छ हामि सानो हुदा त्यहाँनेर अम्बाको रुख थिएन र म महसुर गरिराखेको बेला पनि त्यहाँ अम्बाको रुख थिएन । यसको मतलब म त्यो समय भन्दा पहिलेको कुराहरु नियालिराखेको थिए वा देखि राखेको थिए ।

त्यही अम्बाको रुखको छेउको गरामा हजुर आमाले खै के हो बाबियोसमातेर के काम गर्दै हुनुहुन्थ्यो । 

 

जबम केहि समयभित्रै निन्द्रामा गए मैले यसबै महसुस गरे यो सबै प्रोसेस भइसके पछि । माथिको सबै कुरा भइसके पछि दिव्य दृष्टी पाए जस्तै मैले आफुलाइ भित्र सुतेको जस्तो देखे । त्यहाँ मम्मि र म थियौँ । उतापट्टिको कोठामा हजुर आमा र हजुर बुवा सुत्नु भएको थियो । 


तर मेरो ध्यान ममा केन्द्रित भयो र मैले आफुलाइ निन्द्रामा छटपट्टिराखेको जस्तो देखिराको थिए निन्द्रामा एैठन भए जस्तो । त्यही हुँदा मैले यताको निन्द्रामा पनि एठन परेको जस्तै भयो र फेरि त्यही छु तर फरक आयाममा पुगे जस्तो महसुस भयो र म त्यो हावामा उडेको अवस्थाबाट अब त्यही साँच्चीकैमा सुतेको हो जस्तो अवस्था महसुस गरिराखेको थिए र त्यो ऐठनले मलाइ साँच्चीकै मलाइ पेली राखेको थियो तर मैले आफुमाथि केहि ठुलैनै पावर वा शक्ती अएको जस्तो वा कसैले मलाइ समाते जस्तो वा कसैको आत्माले मलाइ पोजेस गरेजस्तो महसुस गरि राखेको थिए । 

तर फेरी घरी सुते जस्तै महसुस हुन्छ तर फेरी घरी अर्कै मान्छेको आत्मा ले समातेर हावामा उडाउन खोजे जस्तो हुन्छ । 

अब त्यसको पनि केहि हद सम्म सहनसिलता हुँदो रहेछ सायद म यहाँ आजको अवस्थामा सुतेको पनि महसुस गरि राखेको छु । उता पहिलेको अवस्थामा पनि सुतिराखेको महसुस गरि राखेको छु, झन त्यो हावामा उडिराखेको भान अलिअलिकति गरेर याँभइ राखेको छ । त्यो ऐठन म यहाँ अहिले सुतिराखेको अवस्थामा पनि महसुस गर्दै छु र जुन समय पछिको देखिरहेको छु वा महसुस गरिरहेको छु त्यो समयलाइ धेरैनै फरक तरिकाको बनाउँदैछ । 

उग्र । 

तर एउटा बिचार गनुपर्ने कुरा मेले आफलाइ त्यतिसानो भने पाइन केहि हदसम्महोला त र यदि मैलै धेरै समय पहिलेको कुरा देखि राखेको हुन्थे भने म पनि सानो उमेरकै हुन्थे । 


म त्यो समयमा सपनामा हल्ली राखेका छु यता उती ऐठन भए जस्तै एकदमै स्वास फुलीसकेको छ धेरै नै तर मम्मीले मलाइ त्यो भइराखेको देखि राख्नु भइ राखेको हुनुहुन्न भान गरिराखेको हुनुहुन्न । सायद म मात्रै त्यो समयमा प्रबेस गर्न सक्छु र केहि समयलाइ धेख्न सक्छु तर मने बनाएको कल्पनालाइ त्यो समय र अहिलेको समयमा जोडेर फरक दुनियाँ बनाउने वा फरक स्थीति बनाउने प्रयास गर्छु । 


अबम जोर जोर ले आवाज गर्दै छु चिच्यउदै छु कराउँदै छु र सुतेको स्थीतिबाट आफ हावामा उडे जस्तो हुन्छु खस्छु तर फेरी उडेजस्तै हुन्छु । सायद त्योहुँदा दुख्छ र मेरे यहाँ अहिलेको स्तीमासुतेको हुँदा मेरो मुटुको धड्कन एकदमै तेजीले बढछ र त्यहाँ जुन अवस्थामा छु जोरको झट्कालागे जस्तो हुन्छ र अझैजोरले चिच्याएको जस्तो धेरैनै उकुसमुकुस भए जस्तो हुन्छ । 

मम्मि हजुर आमा हजुर बुबालाइ केही थाहानै हुँदैन मलाइ त्यस्तो भइ राखेको छ । अब म एक्कसी हाँमा उडछु भित्रै र त्यबाट उडेर सिधै शिखर तिरको दिशातिर उडेरै तैरिएरै धेरै गतिमा पुग्छु र त्योहुँदा खेरी म घरको भित्तालाइ आत्मा जसरी पार गएर गए । 

एकै छिनको समय थियो त्यो सममा केहि बेरको समयहोला थामिए जस्तो भयो तर यता जुन अहिलेको समयमा सुतिराखेको छु कसैले समाते जस्तो भान भइराखेको छ र कसैको आत्मा मेरो शरिमा पसेर केहि नराम्रो गर्ने खोजीराखेको भान भएर मैले कठिन महसुस गर्दै छु र ऐठनको दबाव बढदै गइ राखेका छ । 

अब त्यो उडेर शिखर तिको दिशामा गएको म एक्कासि फेरी सुतेको अवस्थामा आँउछु र निदाए जस्तो हुन्छु । हजुर आमा र हजुर वुबाले कस्लाइको बोलाउँदै हुनुहुन्छ । मलाइ अब चै मम्मि त्यही हुनु हुन्छ जस्तो महसुस भइराखेको छ तर पनि उहाँहरुले अरुकसैलाइ वा मम्मि सँगै केही भनि राख्नु भइराखेको छ । केहि चिन्ता महसुस भइराखेको जस्तो । 

तर खासै के हो मैले ठम्याउन सकिन । 

अब म त्यो पहिलेको अवस्थामा फेरी त्यस्तै एकदमै प्रचण्ड तेज भएजस्तो बारमाबार हावामा उडन खोज्छु हुन्न एकदमै चाँडो चाँडो यो कुराहरु भइराखेको छ । जस्तै हल्क भन्ने मुभीमा हल्क सेपमा आउने प्रोसेसलाइ एकदमै चाँडो चाँडो देखायो भने कस्तो होला त्यस्तै । 

त्यो धेरै समय सम्म भयो, हजुर बुवा हजुर आमाले खै के भनिराख्नु भएको हो तर भनिनै राख्नु भइ राखेको छ । तर सायद त्यो ममिलाइ हो । मैले के भयो कोहो भने जस्तो आवाज सुने जस्तो महसुस गर्छु । 

तर अव एक्कासी उ मानसिकताले कमजोर भएको देखिन्छ । 



0 comments:

Post a Comment